इस्लामिक देशहरूको संगठनको ओआइसी बैठकमा गाजाबारे के निर्णय भयो ?

डिसी नेपाल
२ कार्तिक २०८० १०:३१

काठमाडौं । इजरायल–हमास द्वन्द्वका बीचमा बसेको इस्लामिक सहयोग संगठन ओआईसीको बैठकमा गाजाको अल–अहली अस्पतालमा भएको आक्रमणमा इजरायल जिम्मेवार भएको ठहर गरिएको छ ।

ओआईसीले जारी गरेको विज्ञप्तिमा यस हमलामा सयौं घाइते, बिरामी र अस्पतालमा शरण लिइरहेका व्यक्तिको मृत्यु भएको उल्लेख गरिएको छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ- “गाजा पट्टीका आम जनताको यो अवस्थाको लागि इजरायल पूर्ण रूपमा जिम्मेवार छ। संयुक्त राष्ट्र र संयुक्त राष्ट्र सुरक्षा परिषदले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ।”

यस संगठनले हिंसा रोक्न असफल भएकोमा संयुक्त राष्ट्र सुरक्षा परिषदको निन्दा गरेको छ। ओआईसीले प्यालेस्टाइनको राज्य सरकारलाई राजनीतिक, आर्थिक, अन्तर्राष्ट्रिय र कानुनी सहायता उपलब्ध गराउने बताएको छ ।

ओआईसी बैठकले प्यालेस्टाइनी जनता विरुद्ध युद्ध अपराधको लागि इजरायलको कब्जा नीतिलाई जिम्मेवार ठहराउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ।

साउदी अरेबियाको आग्रहमा ओआईसीले गाजा मुद्दामा छलफल गर्न बुधबार मन्त्रीस्तरीय बैठक बोलाएको थियो ।

जेद्दाहमा भएको उक्त बैठकमा गाजाका ‘निशस्त्र जनतालाई खतरा’ र इजरायलको सैन्य कारबाहीबारे छलफल भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *