रुसी विदेशमन्त्री उत्तर कोरिया भ्रमणमा, के विषयमा छलफल भयो ?

डिसी नेपाल
२ कार्तिक २०८० १५:०८

काठमाडौं । रुसी विदेशमन्त्री सर्गेई लाभरोभ उत्तर कोरियाको भ्रमणमा छन् । लाभरोभले उत्तर कोरियालाई युक्रेनविरुद्धको युद्धमा रुसलाई सहयोग गरेकोमा धन्यवाद दिएका छन् ।

लाभरोभले यहाँ उत्तर कोरियाली विदेशमन्त्री चोई सन हुईसँग पनि भेट गरेका छन् । बीबीसी न्यूजका सियोल संवाददाता जीन म्याकेन्जीले रुसी विदेशमन्त्रीलाई प्योङयाङमा वर्षाको बीचमा ठूलो संख्यामा मानिसले स्वागत गरेको बताए।

यसै क्रममा केहीले हातमा फूल पनि बोकेका थिए । लाभरोभले आफ्नो भ्रमण उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको भेटमा भएका सहमतिलाई अगाडि बढाउने विषयमा भएको बताएका छन् ।

पुटिन र किमबीच भएको वार्ताको विस्तृत जानकारी उपलब्ध छैन र लाभरोभले पनि यसको विस्तृत विवरण दिएनन् ।

युक्रेनविरुद्धको युद्धमा किम जोङ उनले रुसलाई गोलाबारूद दिन राजी भएको अमेरिकाको विश्वास छ र हतियार हस्तान्तरणको प्रक्रिया पनि सुरु भएको बताइएको छ ।

यसैबीच भ्लादिमिर पुटिनले गाजाको अस्पतालमा भएको हमलालाई दुःखद बताउँदै यसलाई सङ्केतका रूपमा हेर्दा यो द्वन्द्व जतिसक्दो चाँडो अन्त्य हुने आशा राखेको बताए ।

चीन जानुअघि मध्यपूर्वका नेताहरुसँगको कुराकानीका सम्बन्धमा उनले पाँच नेतासँग कुरा गरेको बताए । यो राम्रो कुराकानी थियो र यसैको आधारमा उनले यो द्वन्द्व चर्काउन कोही नचाहेको भन्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *