नोकियाले १४ हजार कर्मचारीलाई जागिरबाट निकाल्ने
काठमाडौं । टेलिकम कम्पनी नोकियाले आफ्नो खर्च घटाउन सन् २०२६ सम्ममा ९ हजारदेखि १४ हजार रोजगारी कटौती गर्ने भएको छ ।
कम्पनीले जुलाई र सेप्टेम्बरको बीचमा २० प्रतिशतले गिरावट दर्ता गरेको छ। यसका लागि कम्पनीले उत्तर अमेरिकी बजारमा फाइभजी उपकरणको मागको कमी रहेको बताएको छ ।
नोकियाका हाल विश्वभर ८६ हजार कर्मचारीहरू छन् र २०१५ देखि, कम्पनीले हजारौं मानिसहरूलाई निकालेको छ।
नोकिया कुनै समय संसारको सबैभन्दा ठूलो ह्यान्डसेट कम्पनी थियो तर स्मार्टफोनको दुनियामा पछि पर्यो । त्यसपछि यो कम्पनी फाइभजी उपकरणको व्यवसायमा संलग्न भयो ।
प्रतिक्रिया
Facebook Comment