नवाज शरीफलाई ‘सुरक्षा जमानत’, पाकिस्तान फर्किएपछि गिरफ्तार नगरिने
काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री नवाज शरीफलाई ‘संरक्षणात्मक जमानत’ दिने निर्णय गरेको छ।
लण्डनमा स्वनिर्वासित जीवन बिताइरहेका नवाज शरीफ स्वदेश फर्कनुअघि अदालतको यो निर्णय आएको हो ।
नवाज शरीफलाई ‘संरक्षणात्मक जमानत’ दिनुको अर्थ अर्को हप्ता अदालतको सुनुवाइ अघि उनलाई पक्राउ गर्न सकिँदैन।
नवाज सरिफ हाल बेलायतमा छन् र अक्टोबर २१ मा पाकिस्तान फर्कने कार्यक्रम छ।
सन् २०१९ मा पाकिस्तानी अदालतमा सुनुवाइका क्रममा अनुपस्थित भएका कारण उनलाई फरार घोषित गरिएको थियो ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि नवाज सरिफले २०१७ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
प्रतिक्रिया
Facebook Comment