१८ औँ एशियन गेम्स : जापानसँग नेपाल १-० गोलले पराजित

डिसी नेपाल
२९ साउन २०७५ १४:११

काठमाडौँ । इन्डोनेशियामा हुने १८ औँ एशियन गेम्सअन्तर्गत पुरुष फुटबलमा आज नेपाल जापानसँग १-० गोलले पराजित भएको छ।

इन्डोनेशियाको सिकाराङस्थित विबावामुक्ति रङ्गशालामा भएको खेलामा १८ मिनेट सकिँदा जापानले नेपालविरुद्ध एक गोल गरेको थियो। त्यहि गोलले जापानलाई जित दिलाएको छ भने नेपाल पराजित भएको छ।

इन्डोनेसियामा आगामी भदौ २ देखि औपचारिकरुपमा उद्घाटन हुने १८ औँ एशियाली खेलकूदको फुटबलतर्फको प्रतिस्पर्धा भने अहिले चलिरहेको छ। थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण सकेर इन्डोनेशिया पुगेको नेपाली टोलीले आज जापानसँग खेलेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *