विदेशी मुद्राको विनिमय दर, अष्ट्रेलियन डलरकाे भाउ झन्डै ८५ रूपैयाँ
काठमाडौं। नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा तथा युरोपियन युरो १ को खरिद दर १४० रुपैयाँ ४० पैसा र बिक्री दर १४१ रुपैयाँ ०३ पैसा कायम गराएको जानकारी दिएको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २८ पैसा र बिक्री दर १६२ रुपैयाँ ०१ पैसाले भाउ पाउँदा अष्ट्रेलियन डलर १ को खरिददर ८४.४ पैसा तथा क्यानेडियन डलर १ को खरिददर ९६.३१ पैसा तथा बिक्रिदर ९६.७५ पैसा कायम गरेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा कायम गरिएको छ।
Facebook Comment