बन्धकहरूलाई सुरक्षित फर्काउन इजरायली सेनामाथि चर्को दबाब, परिवारहरू तेल अवीवमा सडकमा

डिसी नेपाल
१३ कार्तिक २०८० १४:१४

काठमाडौं । एकातिर इजरायली सेनाले गाजामा आफ्नो भूमिगत अभियानलाई विस्तार गरिरहेको छ भने अर्कोतर्फ हमासले बन्धक बनाएका व्यक्तिका परिवारले बढ्दो आक्रमणप्रति चिन्ता व्यक्त गरेका छन् ।

शनिबार तेल अभिभमा बन्धकहरूका आफन्तहरूले सुरक्षित फिर्ताको माग गर्दै प्रदर्शन गरेका थिए। यसअघि बन्धकका आफन्तले युद्ध मन्त्रिपरिषद् र प्रधानमन्त्री नेतन्याहुलाई भेट्न माग गरेका थिए ।

बढ्दो घरेलु दबाबको बीचमा, इजरायल रक्षा बलका प्रवक्ता ड्यानियल हगारीले बन्धकहरूलाई फिर्ता ल्याउने सेनाको पहिलो प्राथमिकता रहेको बताए।

उनले २३० जना बन्धक रहेको बताए । यसअघि अधिकारीहरूले गाजामा हमासले २२९ जनालाई बन्धक बनाएको बताएका थिए।

ड्यानियल हगारीले भने, “हामी बन्धकहरूलाई फिर्ता ल्याउन हरसम्भव कदम चालिरहेका छौं र यो उच्च प्राथमिकता हो। सेनाका सिपाहीहरू रणभूमिमा पनि यसका लागि लडिरहेका छन् ।”

यसैबीच, इजरायली राष्ट्रपति इसाक हर्जोगले आज नै बन्धकका परिवारलाई भेट्ने कार्यक्रम छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *