इजरायलबाट आएको विमान अवतरण गरेपछि प्यालेस्टिनी समर्थकहरूद्वारा रुसी विमानस्थलमा आक्रमण
काठमाडौं । इजरायलले रुसलाई आफ्ना नागरिक र यहुदीहरूको सुरक्षा गर्न अपिल गरेको छ ।
इजरायलबाट आएको विमान त्यहाँ अवतरण गरेपछि प्यालेस्टिनी समर्थकहरूको भीडले रुसको दागेस्तानमा रहेको एउटा विमानस्थलमा हंगामा र तोडफोड गरेको थियो ।
सामाजिक सञ्जालमा शेयर गरिएको भिडियोमा प्यालेस्टिनी झण्डा बोकेका मानिसहरु एयरपोर्ट भित्र पसेका छन् र हंगामा मच्चाइरहेको देख्न सकिन्छ ।
केही व्यक्तिले गाडी पल्टाउन खोजेको देख्न सकिन्छ । केही मानिस धावनमार्गमा पसेको खबर पनि आएको छ ।
रुसको उड्डयन निकायले स्थिति नियन्त्रणमा रहेको र अधिकारीहरू घटनास्थलमा रहेको बताएको छ । अहिले यो विमानस्थल अक्टोबर ६ गतेसम्म बन्द छ ।
भिडियो क्लिपमा सयौंको भीडले प्यालेस्टिनी झण्डा बोकेर अल्लाह-हु-अकबरको नारा लगाएको देख्न सकिन्छ।
केही व्यक्ति घाइते भएको अधिकारीहरूले बताएका छन् ।
यसअघि स्थानीय सञ्चारमाध्यमले केही प्रदर्शनकारीले इजरायली नागरिकको खोजीमा विमानस्थलबाट बाहिरिने सवारी साधनलाई रोकेर कागजपत्र जाँच गरिरहेको जानकारी दिएका थिए।
इजरायलको प्रधानमन्त्री कार्यालयले यहुदी र इजरायलीहरू विरुद्ध हिंसा भड्काउनेहरू विरुद्ध रुसले कडा कारबाही गर्नुपर्ने बताएको छ।
Facebook Comment