इजरायली प्रधानमन्त्री नेतन्याहुले युद्धविराम गर्न अस्वीकार गरे, भने– युद्धको समय आएको छ

डिसी नेपाल
१४ कार्तिक २०८० १४:४०

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तेल अवीवमा युद्धविरामको सम्भावनालाई अस्वीकार गर्दै यो युद्धको समय भएको बताए ।

उनले भने, “जसरी अमेरिका पर्ल हार्बरमा बम विष्फोट वा ९/११ आक्रमण पछि युद्धविरामको लागि तयार थिएन। इजरायलले अक्टोबर ७ को आक्रमण पछि हमाससँग युद्धविराम गर्न सहमत हुनेछैन।”

उनले भने, “युद्धविरामको लागि आग्रह गर्नु भनेको इजरायललाई हमास, आतंकवादलाई आत्मसमर्पण गर्न भन्नु जस्तै हो।”

इजरायलका प्रधानमन्त्रीले भने, “बाइबलमा भनिएको छ कि शान्तिको समय र युद्धको समय हुन्छ, त्यसैले यो युद्धको समय हो। यो युद्ध हाम्रो साझा भविष्यको लागि हो।”

इजरायलमा हमासले अक्टोबर ७ मा आक्रमण गरेको थियो, जसमा १,४०० मानिस मारिएका थिए।

यसपछि इजरायलले गाजामा बमबारी गर्न थाल्यो, जसमा चरमपन्थी संगठन हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *