क्यानडामा सरकारी कार्यालयमा प्रदर्शनकारी प्रवेश, भने– क्यानडा सरकारले युद्धविरामको माग गर्नुपर्छ

डिसी नेपाल
१४ कार्तिक २०८० १५:४०

काठमाडौं । क्यानाडाली सरकारले गाजामा युद्धविरामको लागि आह्वान गर्न माग गर्दै प्रदर्शनकारीहरूले क्यानाडाका धेरै शहरहरूमा सरकारी कार्यालयहरूमा तोडफोड गरे। ती आन्दोलनकारीहरु कार्यालयभित्रै हड्तालमा समेत बसेका छन् ।

यी कार्यालयहरूमा सरकारमा रहेका सांसदका कार्यालयहरू पनि पर्छन्। सोमबार कार्यकर्ताहरु रक्षामन्त्री बिल ब्लेयर र उपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्याण्डको कार्यालयमा प्रवेश गरी बसे ।

मोन्ट्रियल ग्याजेटका अनुसार क्यानडाका १२ सहरमा १७ वटा कार्यालय भित्र विरोध प्रदर्शन भएको थियो।

एक प्रदर्शनकारीले रोयटर्स समाचार एजेन्सीलाई भने, “हामीले क्यानडालाई तत्काल युद्धविरामको माग गर्न र इजरायलसँगको साँठगाँठ अन्त्य गर्न माग गर्दछौं।”

प्रदर्शनकारीहरुले ‘फ्री प्यालेस्टाइन’ र ‘स्टप जेनोसाइड इन गाजा’का ब्यानर बोकेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *