इजरायल र हमास द्वन्द्वमा हालसम्म कम्तीमा ३१ पत्रकारको मृत्यु

डिसी नेपाल
१५ कार्तिक २०८० १२:२४

काठमाडौं । इजरायल र हमास द्वन्द्वमा हालसम्म कम्तीमा ३१ पत्रकारको मृत्यु भइसकेको छ ।

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) ले हालसम्म २६ प्यालेस्टाइनी, चार इजरायली र एक लेबनानी पत्रकारको मृत्यु भएको जनाएको छ ।

संगठनले एक विज्ञप्तिमा भन्यो, “पत्रकारहरू, विशेष गरी गाजामा असाधारण जोखिमहरू सामना गर्छन्। तिनीहरू खतरनाक इजरायली बम विष्फोट र भूमि हमलाहरूको सिकार हुन्छन्।”

मृत्यु हुनेमा प्यालेस्टिनी फिल्म निर्माता रोस्दी सराज र रोयटर्सका भिडियोग्राफर इसम अब्दल्लाह रहेका छन् ।

समाचार एजेन्सी रोयटर्सले लेबनान सीमामा इजरायलबाट गोली चलाउँदा पत्रकारको मृत्यु भएको दाबी गरेको थियो।

इजरायली सेनाले यो दाबीबारे अनुसन्धान गरिरहेको बताएको छ । आइडीएफले रोयटर्स र एएफपी समाचार एजेन्सीहरूलाई गाजामा काम गर्ने पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *