इजरायली सेनाले गाजामा स्थलगत कारबाहीको तस्विर सार्वजनिक गर्‍यो

डिसी नेपाल
१५ कार्तिक २०८० १६:३८

काठमाडौं । इजरायली सेनाले उत्तरी गाजा पट्टीमा आफ्नो सैन्य कारबाहीका तस्बिरहरू सार्वजनिक गरेको छ।

यी तस्बिरहरूमा खाली र भत्केका भवनहरू र भग्नावशेषको थुप्रो देख्न सकिन्छ। हरेक तस्विरले कथा भनेजस्तो देखिन्छ र यो द्वन्द्व पछि यहाँ कति विनाश भयो भनेर बताउँछ।

इजरायलको सेनाले हमाससँगको द्वन्द्वमा मारिएका सैनिकको सूची सार्वजनिक गरेको छ ।

अहिलेसम्म कुल ३२६ सैनिकको मृत्यु भइसकेको छ । यसमा मङ्गलबार मारिएका ११ सैनिक पनि समावेश छन्। मंगलबार मारिएका सैनिकको उमेर १९ देखि २० वर्षको बीचमा थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *