इरान समर्थित हुथी विद्रोही विरुद्ध इजरायलको रणनीति, लाल सागरमा मिसाइल बोट तैनाथ
काठमाडौं । यमनका हुथी विद्रोहीले इजरायलमा मिसाइल आक्रमण गरेको दाबी गरेपछि इजरायलले लाल सागरमा मिसाइल डुङ्गा पठाएको छ ।
हुथी विद्रोहीले इजरायलमा तीन पटक मिसाइल आक्रमण गरेको दाबी गरेका थिए । हुथी विद्रोहीलाई इरानको समर्थन रहेको विश्वास गरिन्छ।
इजरायली सेनाले यस क्षेत्रमा रक्षा घेरा बलियो बनाउन हिजो लाल सागरमा मिसाइल डुङ्गा पठाइएको जनाएको छ। बुधबार बिहानै इजरायलले लाल सागरमा भएको हवाई आक्रमणलाई असफल बनाएको बताएको थियो।
यमनमा इरान समर्थित हुथी विद्रोहीले इजरायलले हमासविरुद्धको युद्ध अन्त्य नगरे ड्रोन र मिसाइलले आक्रमण जारी राख्ने बताएका छन् । विद्रोहीको अल-मसिराह टिभीमा एक विज्ञप्ति जारी गरिएको छ।
यसमा भनिएको छ, “यमनको सशस्त्र सेनाले पुष्टि गर्दछ कि उनीहरूले इजरायललाई हमास विरुद्धको आक्रमण नरोकेसम्म क्षेप्यास्त्र र ड्रोनले आक्रमण गरिरहनेछन्।”
विज्ञप्तिमा भनिएको छ कि हुथी विद्रोहीहरूले “मंगलबार इजरायलतर्फ ठूलो संख्यामा मिसाइलहरू प्रहार गरे।”
Facebook Comment