विश्वकप छनोट फाइनलको टिकट बिक्रीबाट आउने आधा रकम भूकम्प पीडितलाई

डिसी नेपाल
१८ कार्तिक २०८० ११:२१

काठमाडौं । टि–२० विश्वकप एसिया छनोटको भोलि हुने नेपाल र ओमनबीचको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा रकम जाजरकोट केन्द्रविन्दू बनाएर गएराती गएको भूकम्पका पीडितहरुलाई सहयोग गरिने भएको छ ।

नेपाल क्रिकेट संघ –क्यान) ले शनिबार बिहान एक वक्तव्य जारी गर्दै भोलि किर्तिपुर मैदानमा हुने फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम भूकम्पपीडितलाई सहयोग गरिने घोषणा गरेको हो ।

विश्वकप छनोटको फाइनल खेल भोलि बिहान ११ बजेदेखि त्रिवि क्रिकेट मैदान किर्तिपुरमा हुँदैछ । फाइनलमा भिड्ने नेपाल र ओमन दुवै देश विश्वकपका लागि छनोट भइसकेकोले यो खेल दुवै देशको लागि प्रतिष्ठाको खेल मात्र हुनेछ ।

गएराती जाजरकोट केन्द्रविन्दू बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी १२८ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ । उद्धारको कार्य जारी रहेको र केही घाइतेको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *