इजरायली प्रधानमन्त्री नेतन्याहुले अस्थायी युद्धविरामको अपील अस्वीकार गरे
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शुक्रबार जारी गरेको विज्ञप्तिमा हमाससँग चलिरहेको द्वन्द्वमा अस्थायी युद्धविरामको अपील अस्वीकार गरेका छन् ।
नेतान्याहुले हमासद्वारा अपहरण गरिएका इजरायली नागरिकलाई फिर्ता नगरेसम्म आफू यसमा सहमत नहुने बताएका छन् ।
नेतन्याहुको यो कथन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको बयान पछि आएको हो जसमा उनले गाजामा सहायता सामग्रीको वितरणका लागि मानवीय आधारमा तत्काल युद्ध रोक्नको लागि आफ्नो अपील दोहोर्याएका छन्।
ब्लिन्केनले यस्तो अस्थायी विरामले अपहरणमा परेका व्यक्तिहरूको रिहाइको लागि अनुकूल वातावरण सिर्जना गर्न सक्ने बताए।
ब्लिन्केनले यी अस्थायी विरामहरू लगाउने विधिमा अझै काम भइरहेको र त्यसको अर्थपूर्णतामा इजरायलले उठाएका प्रश्नहरू जायज रहेको पनि बताए।
तर नेतन्याहुले इजरायलले अपहरणमा परेका मानिसहरूको फिर्ता समावेश नगर्ने गरी तत्काल युद्धविराम अस्वीकार गरेको बताएका छन्।
दुई विवादित पक्षहरू बीच औपचारिक युद्धविराम लामो प्रक्रियाको एक भागको रूपमा गरिएको व्यवस्था हो जसमा दुवै पक्षले एकअर्कासँग वार्ता गर्ने मौका पाउँछन्।
मानवीय आधारमा अस्थायी युद्धविराम लगाइएको छ, जसको अवधि केही घण्टाको लागि हो।
Facebook Comment