गाजाको आकाशमा देखियो अमेरिकी ड्रोन, पेन्टागनले के भन्यो ?
काठमाडौं । अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपछि गाजाको आकाशमा मानवरहित ड्रोन उडिरहेको अमेरिकाले पहिलो पटक स्वीकार गरेको छ ।
अमेरिकी रक्षा विभाग (पेन्टागन) का प्रवक्ता, ब्रिगेडियर जनरल प्याट राइडरले भनेअनुसार ड्रोनले बन्धकहरूलाई पत्ता लगाउन प्रयास गरिरहेको छ।
विज्ञप्तिमा अमेरिकाले इजरायललाई बन्धकहरूलाई मुक्त गर्न मद्दत गरिरहेको जनाएको छ।
अमेरिकाको यो बयान तब आएको हो जब केही पत्रकारहरूले उडान ट्र्याकिङ वेबसाइट ‘फ्लाइट ट्रेड २४’ मा केही एमक्यु-९ रिपर्स ड्रोन गाजामाथि उडिरहेको देखे।
यी ड्रोनहरू अमेरिकाले अफगानिस्तानमा हवाई आक्रमण गर्न पहिलो पटक तैनाथ गरेको थियो। यी मानवरहित विमानहरू एक पटकमा २० घण्टाभन्दा बढी हावामा रहन सक्छन्। यही कारण तिनीहरू प्रायः निगरानीको लागि प्रयोग गरिन्छ।
केही अमेरिकी सैन्य अधिकारीहरू, जसले नाम नखुलाउने इच्छा व्यक्त गरे, न्यु योर्क टाइम्सलाई भने कि ड्रोनहरूले इजरायललाई गाजा वा वरपर सैन्य कारबाही गर्न मद्दत गरिरहेको थिएन।
अधिकारीहरूले भनेका छन् कि यी ड्रोनहरूको सहयोगमा अमेरिकाले इजरायललाई बन्धकहरूसँग सम्बन्धित जानकारी दिइरहेको छ।
Facebook Comment