गाजामा इजरायलको लगातार हमलाको बिरूद्ध विश्वभर विरोध प्रदर्शन, युद्धविरामको माग चर्कियो

डिसी नेपाल
२० कार्तिक २०८० १०:५९

काठमाडौं । गाजामा इजरायलको लगातार आक्रमणको विरोधमा अमेरिका, क्यानडा, अरब र पूर्वी अफ्रिकी देशहरूमा प्रदर्शनहरू भएका छन्।

अमेरिकाको वासिङ्टन डिसीमा प्रदर्शनकारीले प्रदर्शन गरेका छन् । ह्वाइट हाउस अगाडि प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले इजरायललाई समर्थन गरेकोमा अमेरिकी राष्ट्रपति जो बाइडेनको आलोचना गरे।

प्रदर्शनकारीहरूले प्यालेस्टिनी झण्डा बोकेका थिए र ‘प्यालेस्टाइन लाइभ्स म्याटर्स’ र ‘गाजाको नाकाबन्दी अन्त्य गर’ जस्ता नारा लगाएका थिए। यो अमेरिकामा युद्ध विरुद्धको सबैभन्दा ठूलो प्रदर्शन मध्ये एक मानिन्छ।

पहिलो पटक पेरिसमा प्यालेस्टिनी झण्डा र नारा बोकेका प्लेकार्ड बोकेर र्‍याली निकालेका थिए । यसअघि यस्ता प्रदर्शनमा प्रतिबन्ध लगाइएको थियो ।

प्यालेस्टाइनको समर्थनमा शनिबार बेलायतका धेरै सहरमा र्‍याली निकालिएको थियो । यी प्रदर्शनका क्रममा मध्य लन्डनमा मात्रै ३० हजार प्रदर्शनकारी सहभागी भएको प्रहरीले जनाएको छ ।

लण्डनमा भएका प्रदर्शनका क्रममा २९ जना पक्राउ परेका थिए । अर्कोतर्फ, शनिबार तेल अभिभमा इजरायलको समर्थनमा र्‍याली निकालिएको छ ।

इजरायली जनताको प्रदर्शनका क्रममा हमासले बन्धक बनाएका २४० जनालाई रिहा गर्न माग गरिएको थियो ।

इजरायली सेनाले गाजामा ग्राउण्ड अभियान सुरु भएदेखि हालसम्म हमासका २५ सय स्थानलाई निशाना बनाइएको जनाएको छ ।

इजरायली सेनाका अनुसार हालसम्म ग्राउन्ड आर्मी, एयर फोर्स र नेवीको संयुक्त आक्रमणमा २५०० भन्दा बढी लक्ष्य ध्वस्त भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *