दिल्ली प्रदूषण : केजरीवाल सरकारद्वारा १३ देखि २० नोभेम्बरसम्म बिजोर-बिजोर प्रणाली लागू
काठमाडौं । दिल्लीमा वायु प्रदूषणको बढ्दो स्तरलाई ध्यानमा राख्दै दिल्लीको आम आदमी पार्टी सरकारले सोमबार १३ देखि नोभेम्बर २० सम्ममा जोर-बिजोर लागू गर्ने निर्णय गरेको छ।
दिल्ली सरकारले यस विषयमा सोमबार उच्चस्तरीय बैठक बोलाएर वायु प्रदूषणको समस्या समाधान गर्न कदम चालेको हो ।
दिल्ली सरकारका वातावरण मन्त्री गोपाल राईले दिल्लीमा १३ देखि २० नोभेम्बरसम्म जोर-बिजोर प्रणाली लागू गरिने बताएका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार राईले भने ‘वायु प्रदुषणलाई ध्यानमा राख्दै विद्यालयहरूलाई १० र १२ बाहेकका शारीरिक कक्षाहरू बन्द गर्न भनिएको छ ।’
यससँगै दिल्लीका निजी तथा सरकारी कार्यालयमा कार्यरत ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्ने विषयमा पनि आगामी दिनमा निर्णय हुनसक्छ ।
प्रतिक्रिया
Facebook Comment