नेतान्याहुले किन भने– “युद्ध केही समयका लागि रोकिने सम्भावना छ” ?
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध समाप्त भएपछि “अनिश्चित कालका लागि” इजरायलमाथि गाजा पट्टीको “पूर्ण सुरक्षा जिम्मेवारी” हुने बताएका छन्।
अमेरिकी च्यानल एबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा नेतान्याहुले यस्तो बताएका हुन् । यस अन्तर्वार्तामा उनले हमासको नियन्त्रणबाट बन्धकहरूलाई मुक्त नगरेसम्म युद्ध रोक्ने मागलाई पूर्ण रूपमा अस्वीकार गरे।
गाजामा सन् २००७ देखि हमासको शासन छ। इजरायलले गाजाको हवाई क्षेत्र र समुद्री किनारहरू मात्र नियन्त्रण गर्दै आएको छ, तर यहाँ सरकार चलाउने जिम्मेवारी हमासको हो।
यद्यपि नेतान्याहुले मानवीय कारणले युद्ध केही समयका लागि रोकिने सम्भावना रहेको पनि बताएका छन् ।
उनले भने, “समय-समयमा साना पजहरू – एक वा दुई घण्टाको लागि रोकिने – हामीले पहिले पनि गरेका छौं। मलाई विश्वास छ कि हामी परिस्थितिहरू हेर्नेछौं ताकि सामान र मानवीय सहायता आउन सकोस्।”
अमेरिका र फ्रान्सलगायत धेरै युरोपेली देशहरूले यस द्वन्द्वमा अस्थायी विरामको लागि अपील गरिरहेका छन्।
यसै प्रयासमा अमेरिकाले मध्यपूर्वका अन्य देशहरूसँग पनि कुराकानी गरिरहेको छ । यस सम्बन्धमा सोमबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन टर्किए पुगेका थिए । यसअघि उनले वेस्ट बैंकको भ्रमण गरेका थिए ।
Facebook Comment