इजरायलको ठूलो दाबी : उत्तरी गाजामा हमासको गढ कब्जा

डिसी नेपाल
२१ कार्तिक २०८० १६:३९

काठमाडौं । इजरायलको सेनाले सोमबारको अपरेशनको बारेमा जानकारी दिएको छ। सेनाले उत्तरी गाजा पट्टीमा आइडीएफले हमासको बलियो किल्ला कब्जा गरेको दाबी गरेको छ।

इजरायलको दाबीअनुसार यस अवधिमा एन्टी-ट्याङ्क मिसाइल र लन्चप्याडहरू, ठूलो मात्रामा हतियारहरू बरामद गरिएको छ र गुप्तचर जानकारी सङ्कलन गरिएको छ।

इजरायली नौसेनाले केही लक्ष्यहरूलाई निशाना बनाएको छ जहाँबाट हमासले आफ्नो गुप्तचर र प्राविधिक नेटवर्क चलाउँदै आएको थियो।

आइडीएफले आफ्ना सैनिकहरूले अल कुड्स अस्पताल नजिकैको भवनमा हमास लडाकुहरू लुकेको देखेको दावी गरेको छ ।

इजरायलले उक्त भवनलाई निशाना बनाएर हवाई हमला गरेपछि विस्फोट भएको बताएको छ, जसले त्यहाँ हतियारको भण्डार रहेको देखाउँछ।

इजरायलले खान युनुस क्षेत्रमा बम विष्फोट भएको उल्लेख नगरेपनि त्यहाँ ठूला विस्फोट भएको जानकारी बीबीसीले प्राप्त गरेको छ ।

इजरायल र हमासबीचको द्वन्द्वमा हालसम्म १० हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायलले गाजामा ठूलो सैन्य कारबाही सुरु गरेको छ । अक्टोबर ७ देखि इजरायली विमानले गाजामा लगातार बमबारी गरिरहेको छ ।

इजरायलले युद्धविरामको अपीललाई बेवास्ता गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *