टर्कीको संसदले इजरायल-गाजा मुद्दामा कोका-कोला र नेस्लेमाथि प्रतिबन्ध लगायो

डिसी नेपाल
२२ कार्तिक २०८० १५:५९

काठमाडौं । टर्कीको संसदका सभामुखले आफ्नो देशले “इजरायलको आक्रामकता” लाई समर्थन गर्ने कम्पनीहरूको उत्पादनहरू प्रयोग नगर्ने निर्णय गरेको बताएका छन् ।

टीआरटीका अनुसार, नोमान कुर्तुल्मसले मंगलबार देशको उत्तरी प्रान्त ओर्डुमा आयोजित एक कार्यक्रममा भनेअनुसार टीबीएमएम (टर्किस ग्रान्ड नेशनल एसेम्बली) ले इजरायलको आक्रमणलाई समर्थन गर्ने कम्पनीहरूको कुनै पनि उत्पादन प्रयोग गर्दैन।

“यो हामी अब देखि गर्नेछौं, यद्यपि जे पहिले नै खरिद गरिसकिएको छ यसलाई फ्याँक्न सकिदैन।”

यद्यपि कुर्तुलमसले ती कम्पनीहरूको नाम सीधै बताएका छैनन् तर रोयटर्स रिपोर्टका अनुसार टर्कीको संसदले कोका-कोला र नेस्लेका उत्पादनहरू बहिष्कार गरेको छ।

एक स्रोतले रोयटर्सलाई भनेअनुसार कोका-कोला र नेस्लेको कफी मात्र दुई उत्पादनहरू हुन् जसलाई संसदको रेस्टुरेन्टको मेनुबाट हटाइयो।

यद्यपि, संसदका सभामुखले यी कम्पनीहरूले इजरायललाई कसरी सहयोग गरिरहेका छन् भन्ने स्पष्ट पारेनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *