नेपाल र नेपालीलाई धनी बनाउने उपाय

खगेन्द्रराज सिटौला
२३ कार्तिक २०८० ६:५९

नेपाल र नेपालीलाई कसरी धनी बनाउन सकिएला? यस्तो जादुको छडी त कोहीसँग पनि हुँदैन जसले यो समस्याको समाधान एकैपल्ट दिन सकोस्। बरु यो सवालको जवाफ अनेकले अनेक कोणबाट दिन सक्छन्।

जसका कोण र जोड अलग हुन सक्छन्, एक पनि हुन सक्छन्। यो सवालको जवाफ धरै भन्दा धेरैबाट खोज्यौं भने निश्चय नै नेपाल र नेपालीलाई धनी बनाउने उपाया फेला पार्न सकिन्छ।

आउनुहोस् हामीलाई लागेका उपाया र विचारहरु सार्वजनिक गरौं जसले नेपाल र नेपालीलाई धनी बनाउने राष्ट्रिय उपाय फेला पार्न सघाओस्। नेपाल र नेपालीलाई समृद्ध बनाउने सही मार्गचित्र बनाउन सकियोस्। साँचै यो महत्वपूर्ण राष्ट्रिय सवालको जवाफ खोज्न अभियानको रुपमा जुटौं।

राष्ट्रप्रति इमान्दार व्याक्ति र शक्ति नेपाल र नेपालीलाई धनी बनाउने पहिलो शर्त हो जस्तो लाग्छ। इमान्दार व्याक्तिहरुले निर्माण गरेको शक्ति नेतृत्वदायी राजनीति शक्ति बनाउन सकिए मात्र नेपाल र नेपालीको समृद्धिको पहिलो प्रवेश ढोका खोलिएको मानिने छ। इमान्दार व्याक्ति र शक्तिले मुलुकमा सुशासन व्यवस्था चलाउने हो भने त्यसको सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्दछ।

दोस्रो हो आ कार्यक्रम। आ कार्यक्रम भनेको आफ्ना लागि आफैंले बनाउने आर्थिक समृद्धिको राष्ट्रिय नीति र कार्यक्रमलाई बुझ्नु पर्दछ। तीन आ नीतिमाथि उभिएर आर्थिक समृद्धिका कार्यक्रम बनाउनु पर्दछ। तीन आ यी हुन

१- आत्मनिर्भर अर्थतन्त्रको राष्ट्रिय नीति कार्यक्रम

२- आन्तरिक लगानी आन्तरिक आम्दानी ३ आफ्नो शर्त र स्वार्थमा बाह्य सहयोग र लगानी। यो आ कार्यक्रम भनेको आफ्नो विकासमा आफैं, आफनो देशको लागि आफैं आफ्नो लगानी आफैंलाई आमदानी को आर्थिक समृद्धिको असल र सफल कार्यक्रम सावित हुन्छ। कसरी हुन्छ त थप छलफल चलाऔं।

अब हामी आत्मनिर्भर अर्थतन्त्रको राष्ट्रिय कार्यक्रम बारे छलफल चलाऔं। हामी के मा कसरी कति वर्षमा आत्मनिर्भर हुन सक्छौं बारेमा चर्चा गरौं। धरातलीय यथार्थता माथि उभिएर आत्मनिर्भरका संभावनाहरुको खोजी गरौं।

नेपाललाई आर्थिक समृद्धिको दिशामा अघी बढाउन उर्जा र कृषि उत्पादनमा आत्मनिर्भर हुने रणनीति बनाउनु पर्दछ। नेपालमा जलबाट निकालिएको विद्युत उर्जा सबै विकासको उर्जा सावित हुने हुनाले विद्युत उत्पादनमा सर्वाधिक जोड दिनु पर्दछ।

विजुली बेचेर होइन उपयोग गरेर धनी हुने योजना बनाउनु पर्दछ। विजुलीले ग्यास पेट्रोल विस्थापित गर्ने किसिमले योजना बनाउनु पर्दछ। पर्याप्त उर्जा भएपछि मात्र अन्य आत्मनिर्भर उत्पादन र उद्योगका ढोका उघ्रन थाल्छन्।विजुली नभई केही हुँदैन। सिमेन्टमा आत्मनिर्भर हुन पनि विजुली नै चाहिन्छ।

नेपालले इमान्दारी पूर्वक आत्मनिर्भर कृषि योजना बनाउने हो भने यसमा सफलता हासिल गर्न सक्छ। नेपालमा जलको यस्तो शक्ति छ जसको पूर्ण उपयोग गर्ने हो भने गाउँ शहर झिलीमिली खेतबारी हरियाली भइरहने हुन्छ।

हाम्रा युवाहरु विदेशमा जस्तै स्वदेशमा दिनमा १२ घन्टा काममा खट्ने हो भने एकैपल्ट नेपाल पनि नेपाली पनि धनी हुने बाटो खुल्छ। तपाईं यस्तो व्यवसाय रोज्नु होस जहाँ तपाईं मालिक पनि मजदुर पनि हुन नहिच्किचाउनु होस् सफलता तपाईंकै वरिपरी छ। नेपालभरी जताततै छ। नेपाल र नेपाली सबै धनी हुने सबैभन्दा बलियो विकल्प यही हो।

नेपालको जल र जन जमिनमा कृषि पौरखमा भेला हने हो भने नेपालीलाई खान पनि बेच्न पनि पुग्ने कृषि उत्पादन गर्न सकिन्छ। कृषि उत्पादन र कृषिजन्य उत्पादनसँग जोडिएका खाद्य लगायत अन्य उद्योग व्यवसाय समेत सन्चालन गरेर नेपालले धेरै कमाउन सक्छ।

मासुमा आत्मनिर्भर हुदा छालामा पनि आत्मनिर्भर हुन सकिन्छ। छालामा आत्मनिर्भर भए छाला जुत्तामा पनि आत्मनिर्भरको संभावन हुनसक्छ। नेपालले चीनको मात्रै भैंसी,बंगुरको मासुको माग पूरा गराउने गरी उत्पादन र निर्यात गर्ने हो भने अर्बाैं मुद्रा भित्र्याउन सक्छ।

त्यसरी नै दुध तरकारी, फलफूल आदिको पनि त्यस्तै बलियो बजार छ। आन्तरिक पनि बाह्य पनि। अझ यिनमा आधारित उद्योग क्षेत्रबाट लिन सकिने लाभको संभावना त्यतिकै बलियो छ।

नेपाली भान्सामा मात्र चाहिने दाल, भात, रोटी, तरकारी, अचार, गुलियो पिरो, अमिलो, दुध, दही, घिउ, तेल, मरमसला, माछा, मासु, अण्डा, फलफूल, चिया, कफी आदिमा मात्र आत्मनिर्भर हुने ठोस नीति, योजना, कार्यक्रम राज्यसँग हुने हो भने अर्बैं विदेशी मुद्रा बाहिर जानबाट बच्छ।

त्यसले ठूलो मात्रमा आन्तरिक रोजगार वा स्वरोजगार पनि सृजना गर्दछ। किसान, कृषिव्यवसायी, कृषिउद्योगी र कृषिव्यापारी र राज्यसमेत धनी हुने ठोस आधार बन्दछ।

निर्यातयोग्य अन्तर्राष्ट्रिय गुणस्तरीय प्याकिङ गरेर खाद्य वस्तु निर्यात गर्ने हो भने नेपाल र नेपालीले थप विदेशी मुद्रा कृषि व्यवसायाबाट आर्जन गर्न सक्छ। यसमा स्थानीय जातका हाम्रा राम्रा परम्परागत उत्पादन बचाउनु र निर्यातयोग्य बस्तुका रुपमा विकसित गर्नु पर्दछ।

अर्कोतिर आधुनिक वीउ प्रविधियुक्त उत्पादन पनि सँगै लानु पर्दछ। आधुनिक र परम्परागत कुषि उत्पादनको तालमेल मिलाएर मात्र आत्मनिर्भर कृषि योजना सफल हुनसक्छ।

धेरै भन्दा धेरै कृषि समूहहरु, कृषि सहकारीहरुमा किसानहरुलाई संगठित गर्न सकेमा यो अभियानले अपेक्षाकृत सफलता हासिल गर्न सक्छ। यसमा सरकारले दिने सहयोग,अनुदान र सहुलियतको महत्वपूर्ण भूमिका हुनुपर्दछ।

त्यस्तै निजीक्षेत्रको पनि त्यतिकै कृषिमा लगानी र सहभागिता हुनु पर्दछ। कृषिबाट किसान धनी हुन्छन भने यो व्यवसायबाट किसान पलायन हुँदैनन् र यो योजना सफल हुन्छ। किनभने शिक्षित युवा पनि कृषि व्यवसायमा लामबद्ध हुन थाल्छन्।

व्यवसायिक, वैज्ञानिक किसिमले समुदायमा आधारित जंगल तथा जडीबुटी खेती गर्न सकिन्छ। यिनमा आधारित निर्यातयोग्य प्रशोधित उद्योग व्यवसाय चलाउन र कमाउन सकिने आधार पनि त्यतिकै बलियो छ। नदी, पानीको हक नसुम्प अरुलाई पानी नेपालको डलरको खानी हो।

गुणस्तरीय पिउने पानी बेचेर पनि नेपालले बहुत कमाउन सक्छ। आफ्ना नदीहरुको पानी आपूmले सिचाई गर्न नपाउनु र त्यहींबाट उत्पादित विजुली अरुको हातमा स्वीच अन र अफ हुनु राष्ट्रिय लज्जा हो।

मानो हाम्रा नेता र सरकारहरु राष्ट्रिय लज्जाका निरन्तरता बाहेक केही होइनन्। जो हरेक गण्डकी, कोशी, महाकाली कर्णाली र अरुणमा दक्षिणतिर बग्नमात्र जन्मिेका हुन्।

सानाे उदाहरण नेपालमा चिनी उद्योगहरु छन्। टनका टन चिनी बाहिरबाट आयत गछौैं। अर्कोतिर सधैं किसानहरु उखु बेच्न वा उचित मोल नपाएर समस्यामा परिरहनु पर्ने विडम्बना छ।

उखु उत्पादक किसान सरकार र निजीक्षेत्रको समेत शेयर लगानी गराएर नाफामा चिनी मिल चलाउने व्यवस्था गरे चिनीमा आत्मनिर्भर हुने आधार तयार हुँदै जान्छ। किसानलाई खेत र मील दुबैतिरबाट लाभ मिल्छ भने किसानले जति पनि उखु उत्पादन गर्छन्।

मिलमा काम गर्ने मजदुरहरुलाई पनि मिलमा शेयर लगानीको व्यवस्था गरेको खण्डमा त्यहाँ हुने हडताल र चुहाहट नियन्त्रणमा लिन सजिलो हुन्छ। किसानलाई उखुको मूल्यबाट र मजदुरलाई उनीहरुको तलवबाट क्रमश किस्तामा शेयर कट्टा गर्न सकिन्छ।

यो तरिका आफ्नै लगानी आफ्नै आमदानी एउटा प्रतिनिधि नमूना हो। यही तरिकाले नेपाली मात्रको लगानीलाई संगठित गरेर धेरैमा लगानी गर्न सकिन्छ र धेरैमा मुलुकलाई आत्मनिर्भर बनाउन सकिन्छ।

नेपालीहरुकै लगानीलाई संगठित गरेर नेपाललाई विजुलीमा आत्मनिर्भर बनाउन सकिन्छ। यसलाई क्रमश साना र सस्ताबाट ठूला र जटिलतिर जानु पर्छ। यसले सबै नेपालीलाई सधैलाई हाम्रो पानी हाम्रो लगानी हाम्रै आम्दानीको खुशी र गर्व दिइरहन्छ। यसले पानी सन्धी संझौतामा हुने राष्ट्रघातलाई रोकेर नदी, पानीको हक गुम्न दिँदैन।

बाह्य लगानीलाई निषेध गर्नु हुँदैन। तर विकास र बाह्य लगानीको नाममा स्वदेशलाई स्वस्ने र विदेशीलाई पोस्ने लगानी भित्र्याउनु हुँदैन। यस्तो लगानी मात्र भित्र्याउनु पर्छ जसलाई स्वदेशले स्वस्न सकोस्।

आफ्नो मुलुकको शर्त र स्वार्थमा मात्र बाह्य लगानी स्वीकार गर्ने राष्ट्रिय सहमतिको नीति राष्ट्रले लिनु पर्दछ। यस्ता ठूला आयोजना छन् जो राष्ट्रको हितमा छन राष्ट्रिय महत्वका हुनलाई बाह्य लगानीको आवश्यकता पर्छ भने मात्र आप्mनो शर्त र स्वार्थमा लगानी ल्याउनु पर्दछ। तर पनि बाह्य लगानीलाई विकास र अर्थतन्त्रको निर्णायक पाटो बनाउनु हुँदैन।

बाह्य लगानी बेगर केही गर्न सकिँदैन भन्नेहरु स्वदेशवादी अर्थतन्त्रका विरोधी हुन्। बाह्य स्वार्थबाट सन्चालित कमिसनखोरहरुले बढी यस्तो हौवा पिटेका छन्। स्वदेशी जन, धन साधन, श्रम र सीपमा विश्वास नभएकाहरुले बढी यस्ता हल्ला फिजाएका हुन्।

विदेशका महंगा विश्वविद्यालयमा पढेका, पीयचडी गरेका अर्थशास्त्रीहरु, अर्थमन्त्रीहरु जसले कहिल्यै नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्वदेशवादी आत्मनिर्भर अर्थतन्त्र पढेनन् तिनले कहिल्यै नेपालमूखी अर्थतन्त्रको भेउ पाउन सकेनन्। तिनीहरुले पढेका विदेशका महंगा विश्वविद्यालय भन्दा हाम्रो थोरै अक्षरको पृथ्वीविचारको स्वदेशवादी आर्थिक नीतिको पृथ्वी विश्वविद्यालय सार्थक हुनेछ।

हाम्रा युवाहरु विदेशमा जस्तै स्वदेशमा दिनमा १२ घन्टा काममा खट्ने हो भने एकैपल्ट नेपाल पनि नेपाली पनि धनी हुने बाटो खुल्छ। तपाईं यस्तो व्यवसाय रोज्नु होस जहाँ तपाईं मालिक पनि मजदुर पनि हुन नहिच्किचाउनु होस् सफलता तपाईंकै वरिपरी छ। नेपालभरी जताततै छ। नेपाल र नेपाली सबै धनी हुने सबैभन्दा बलियो विकल्प यही हो।

यो सबै हुनलाई परवादी राजनीतिको पतन अनिवार्य शर्त हो। सबैलाई चेतना भया।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *