मुगु सामुहिक हत्या : १३ दिनपछि मृतकका आफन्त पक्राउ
काठमाडौं । मुगुमा एकै परिवारका चार जनाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) स्रोतका अनुसार सामूहिक हत्याको १३ दिनपछि मृतकका एक आफन्तलाई पक्राउ गरिएको हो । सिआइबीले डिएसपी धर्म भण्डारीको नेतृत्वमा अनुसन्धान टोली मुगु पठाएको थियो । सोही टोलीले मुगु छायानाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही पक्राउ गरेका हो ।
कात्तिक १० गते बिहान साढे ९ बजे छायानाथ रारा नगरपालिका–६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ५ महिने अर्का छोरा रहरको शव भेटिएको थियो ।
प्रतिक्रिया
Facebook Comment