गाजाबारे साउदी अरबमा मुस्लिम राष्ट्रहरूको सम्मेलन
काठमाडौं । साउदी अरबमा अरब र मुस्लिम देशका नेताहरु भेला भएका छन् । भेलालाई ‘इमर्जेन्सी समिट’ भनिएको छ । यी सबै नेताहरूले गाजामा युद्ध अन्त्य गर्न एकजुट अपील गर्नेछन्।
यसअघि दुईवटा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएको थियो । अरब लिगको शिखर सम्मेलन शनिबार र इस्लामिक सहयोग संगठन (ओआईसी)को बैठक आइतबार बस्ने तय भएको थियो ।
सम्मेलनको विशेष कुरा भने इरानका राष्ट्रपति इब्राहिम रायसी पनि सहभागी छन् । इरान र साउदी अरेबियाको स्वार्थ भिड्दै आएका छन् तर मार्चमा दुवै देशले तनाव कम गर्ने प्रयास गरेका छन् ।
रियाद प्रस्थान गर्नुअघि तेहरान विमानस्थलमा रायसीले भने, ‘वार्ताको समय बितिसकेको छ। अब कारबाही गर्ने बेला आएको छ।’
तर, साउदी अरेबियाका शासक सम्मेलनमा यस क्षेत्रमा थप तनाव बढाउने कुनै काम नहोस् भन्ने कुरामा नर्भस हुन सक्ने अनुमान गरिएको छ ।
गाजामा हुने मृत्युलाई कसरी रोक्ने र आम जनताको पीडालाई कसरी कम गर्ने र गाजामा चलिरहेको युद्धलाई क्षेत्रीय युद्धमा परिणत हुनबाट कसरी रोक्ने भन्ने सम्मेलनमा छलफल हुने दुईवटा मुख्य सरोकार हुन् ।
यसैबीच, गाजाको चरमपन्थी संगठन ‘प्यालेस्टिनियन इस्लामिक जिहाद’ले यस सम्मेलनलाई लिएर आलोचना गरेको छ ।
यो संगठनले प्रश्न गर्यो, “युद्ध सुरु भएको ३५ दिन भइसक्दा यसलाई कसरी आकस्मिक सम्मेलन भन्न सकिन्छ ?” संगठनले यसमा मौखिक भेलाभन्दा बढी केही हुने आशा गरेको जनाएको छ ।
Facebook Comment