गाजाबारे मुस्लिम राष्ट्रहरूको सम्मेलन : साउदी अरेबियाका युवराज र टर्कीका राष्ट्रपतिले के भने ?

डिसी नेपाल
२६ कार्तिक २०८० १०:५२

काठमाडौं । गाजामा जारी युद्धमा तत्काल र स्थायी युद्धविरामको माग गर्दै साउदी अरेबियाको रियादमा आपतकालीन सम्मेलनका लागि अरब विश्व र मुस्लिम देशका नेताहरू भेला भएका छन् ।

प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले अमेरिकालाई गाजामा इजरायलको आक्रामक अभियान बन्द गर्न अपिल गरेका छन्।

यसै क्रममा साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले इजरायललाई आलोचना गरेका थिए ।

युवराजले भने, “इजरायलले प्यालेस्टिनी जनताविरुद्ध अपराध गरेको छ। “यसको (त्यहाँ विनाश) जिम्मेवारी इजरायलको हो।”

सम्मेलनमा सहभागी टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले समस्याको स्थायी समाधानका लागि सुझाव दिएका थिए ।

“इजरायल र प्यालेस्टिनीहरू बीचको स्थायी समाधानका लागि अन्तर्राष्ट्रिय सम्मेलन बोलाउनुपर्छ,” एर्दोगानले भने।

हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । इजरायलका अनुसार यस हमलामा करिब १४०० जनाको मृत्यु भएको थियो भने हमासका लडाकुहरूले दुई सयभन्दा बढीलाई बन्धक बनाएका थिए ।

त्यसपछि इजरायलले गाजामा हमासमाथि आक्रमण गर्न थाल्यो । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म ११ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । तीमध्ये ४५०० भन्दा बढी बालबालिका रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *