आइसल्याण्डमा १४ घण्टामा ८०० भूकम्प, ज्वालामुखी विष्फोटको त्रासपछि संकटकाल लागू

डिसी नेपाल
२६ कार्तिक २०८० १३:५६

काठमाडौं । युरोपेली देश आइसल्याण्डमा पछिल्लो १४ घण्टामा ८ सय भूकम्पको धक्का महसुस गरिएको छ । सबैभन्दा ठूलो झटकाको तीव्रता ५.२ थियो।

अधिकारीहरुका अनुसार पृथ्वी मुनि भइरहेका गतिविधिका कारण ज्वालामुखी विष्फोट हुने डर छ । यसैबीच राष्ट्रिय प्रहरी प्रमुखले त्यहाँ संकटकाल घोषणा गरेका छन् ।

यसैबीच स्थानीय अधिकारीले आइसल्याण्डमा केही दिनभित्रै थप तीव्रताको भूकम्प आउन सक्ने आशंका व्यक्त गरेका छन् । आइल्याण्डको मौसम विभागका अनुसार अक्टोबरदेखि हालसम्म २४ हजार भूकम्प गएका छन् । बिहान १२ बजेदेखि २ बजेसम्म भूकम्पको झट्का महसुस गरिएको थियो ।

समाचार एजेन्सी एएफपीले शनिबार रिपोर्ट गरेकोअनुसार कि स्थानीय अधिकारीहरूले सावधानीका रूपमा सहरमा बस्ने हजारौं मानिसहरूलाई खाली गर्न आदेश जारी गरेका छन्।

आइसल्याण्डमा ३३ सक्रिय ज्वालामुखीहरू छन् । यो युरोपमा कुनै पनि देशमा सबैभन्दा बढी हो । आइसल्याण्ड मिड-एट्लान्टिक रिजको माथि छ, जुन समुद्रको भुइँमा रहेको एक दरार हो । यही दरारका कारण त्यहाँ बढी भूकम्प जाने गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *