साउदी अरबका शासकले गाजाका लागि सहयोग पठाए

डिसी नेपाल
२७ कार्तिक २०८० १२:४६

काठमाडौं । विगत एक महिनादेखि इजरायलसँगको युद्धमा फसेका गाजा पट्टीका जनताका लागि साउदी अरबले पठाएको सहायता सामग्रीको पहिलो खेप छिट्टै त्यहाँ पुग्नेछ ।

साउदी अरेबियाको प्रमुख अंग्रेजी पत्रिका साउदी ग्याजेटले यो जानकारी दिएको छ ।

सामाजिक सञ्जाल साइटमा पोस्ट गरिएको भिडियो अनुसार मानवीय सहायता र राहतका लागि राजा सलमान केन्द्र (केएस रिलिफ) द्वारा पठाइएको साउदी सहायताको पहिलो ढुवानी, इजिप्ट र गाजा बीचको सीमामा रहेको रफाह सीमा नाका पार गरी गाजा पट्टीमा पुगेको छ ।

अक्टोबर ७ मा, गाजा पट्टीका हमास लडाकुहरूले इजरायलमा अचानक आक्रमण गरे। त्यसपछि, इजरायलको जवाफी कारबाहीले गाजा पट्टीमा धेरै विनाश निम्त्यायो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *