विशाल साइबर आक्रमणपछि बन्दरगाह व्यवस्थापनको काम पुनः सुचारू

डिसी नेपाल
२७ कार्तिक २०८० १२:४७

काठमाडौं । साइबर आक्रमणका कारण अस्ट्रेलियाका धेरै बन्दरगाह सञ्चालन गर्ने विशाल कम्पनी ‘डीपी वर्ल्ड अष्ट्रेलिया’को काम तीन दिनका लागि ठप्प भएको छ । जसका कारण धेरै टर्मिनलको सञ्चालन नराम्ररी प्रभावित भएको छ ।

तर, आज (सोमबार) देखि कम्पनीको अनलाइन कारोबारमा आएको त्रुटि सच्याएर सुचारु गरिएको छ । यो साइबर हमला शुक्रबार भएको र सोमबार बिहान ९ बजेबाट कम्पनीको अनलाइन काम सुचारु गर्न सकिने बताइएको छ ।

डीपी वर्ल्ड अस्ट्रेलियाले अष्ट्रेलिया जाने वा त्यहाँबाट बाहिरिने करिब ४० प्रतिशत सामानको व्यवस्थापन गर्छ। यो दुबईको सरकारी कम्पनी डीपी वर्ल्डको सहायक कम्पनी हो।

यो कम्पनीले मेलबर्न, सिड्नी, ब्रिस्बेन र पर्थमा अवस्थित कन्टेनर टर्मिनलहरूको सञ्चालनलाई सम्हाल्छ।

यस्तो अवस्थामा यो साइबर हमलाले देशको व्यापारमा नराम्रो असर परेको छ । तर, यो समस्या भए पनि अष्ट्रेलियाका सुपरमार्केटमा सामानको आपूर्तिमा कुनै असर नपरेको बीबीसीले जनाएको छ ।

यी चार टर्मिनलबाट आज करिब ५ हजार कन्टेनर निस्कने कम्पनीले जनाएको छ ।

सरकारी साइबर सेक्युरिटी संयोजक ड्यारेन गोल्डीले आक्रमणकारीको पहिचान हुन नसकेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *