बेलायती प्रधानमन्त्री ऋषि सुनकले गृहमन्त्री सुएला ब्रेभरम्यानलाई पदबाट हटाए
काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले भारतीय मूलकी गृहमन्त्री सुएला ब्रेभरम्यानलाई पदबाट हटाएका छन् ।
प्रधानमन्त्री कार्यालयको विरोधका बाबजुद पनि ब्रेभरम्यानले महानगरीय प्रहरीलाई विरोध प्रदर्शनमा भेदभाव गरेको आरोप लगाउँदै लेख लेखेकी थिइन् ।
विगत धेरै दिनदेखि, सुएला ब्रेभरम्यानको राजनीतिक भविष्यको बारेमा अनुमान गरिएको थियो।
पछिल्लो समय उनले धेरै विवादित बयान दिएपछि ऋषि सुनकमाथि उनलाई हटाउन दबाब बढेको थियो ।
गृहमन्त्रीको हैसियतमा सुएला ब्रेभरम्यानले प्रहरीको कामकाजको जिम्मेवारी सम्हालिन् । उनले महानगरीय प्रहरी आन्दोलनकारीमाथि कडा नरहेको र विभेद गरेको लेखेकी थिइन् ।
उनलाई लण्डनमा यस साताको अन्त्यमा भएको प्रदर्शनका क्रममा भएको हिंसाका लागि जिम्मेवार ठहराइएको थियो ।
सुएला ब्रेभरम्यानले प्यालेस्टिनी जनताको समर्थनमा भएको प्रदर्शनलाई घृणाले भरिएको प्रदर्शनको रूपमा वर्णन गरेकी थिइन् र प्रहरीले प्रदर्शनकारीहरूसँग व्यवहार गर्दा भेदभाव गरेको आरोप लगाइन्।
सत्तारुढ कन्जरभेटिभ पार्टीले मन्त्रीहरू हेरफेर गर्ने प्रक्रियामा ब्रेभरम्यानलाई हटाइएको बताएको छ। उनको स्थानमा गृहमन्त्रीको जिम्मेवारी कसले लिने हो भन्ने अझै खुलाइएको छैन ।
Facebook Comment