जोर्डनका राजा अब्दुल्लाहले भने, ‘इजरायल–प्यालेस्टाइन विवाद अन्त्य गर्ने एउटै उपाय छ’

डिसी नेपाल
२८ कार्तिक २०८० १३:४८

काठमाडौं । जोर्डनका राजा अब्दुल्लाहले इजरायलले गाजाका केही भागहरू कब्जा गर्ने वा त्यहाँ सुरक्षा क्षेत्र बनाउने कुरा गरिरहेको अवस्थामा कुनै पनि योजनालाई अस्वीकार गरेका छन्।

जोर्डनको सरकारी मिडियाका अनुसार राजा अब्दुल्लाहले शाही दरबारमा भएको बैठकमा वरिष्ठ नेताहरूलाई इजरायल र प्यालेस्टाइनबीचको विवादको कुनै ‘सैन्य वा सुरक्षा सम्बन्धी समाधान’ हुन नसक्ने बताए।

सरकारी मिडियाका अनुसार जोर्डनका राजाले यो समस्याको जरा कारण भनेको इजरायलले प्यालेस्टिनी जनतालाई ‘कानूनी अधिकार’ दिन नचाहनु भएको बताएका छन्।

उनले भने, ‘समाधानको बाटो त्यहीँबाट सुरु हुन्छ । अर्को बाटो अपनाएमा त्यसको असफलता निश्चित छ र त्यसो भयो भने हिंसा र विनाश बढ्छ ।”

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गत हप्ता गाजाको सुरक्षाको जिम्मेवारी लिने कुरा गरेका थिए।

उनले इजरायलको ‘अनिश्चित अवधिका लागि गाजा पट्टीको सम्पूर्ण सुरक्षाको जिम्मेवारी’ हुने बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *