अल-शिफा अस्पतालबाट बाहिर निस्किएका मानिसहरूमाथि गोली प्रहार

डिसी नेपाल
२९ कार्तिक २०८० ११:०६

काठमाडौं । गाजा पट्टीमा इजरायली सेना र हमासबीचको द्वन्द्वको केन्द्र बनेको अल शिफा अस्पतालको अवस्था लगातार बिग्रँदै गएको छ ।

बीबीसी संवाददाता रुश्दी अबुलोफले दिएको जानकारीका अनुसार पछिल्लो ४८ घण्टामा कसैलाई पनि अस्पताल प्रवेश गर्न वा बाहिर निस्कन अनुमति दिइएको छैन।

यस क्षेत्रमा उपस्थित केही पत्रकारहरू मध्ये एक स्रोतले भनेअनुसार हिजो मानिसहरूले अल-शिफा अस्पतालबाट बाहिर निस्कने प्रयास गरे तर उनीहरूको खुट्टामा गोली चलाइएको थियो।

त्यसपछि उनीहरुलाई घाइते अवस्थामा दुई घण्टा सडकमै राखेर स्वास्थ्यकर्मीको टोलीले ज्यान जोखिममा राखेर अस्पताल भित्र ल्याउनुपरेको थियो ।

बीबीसीले यस अस्पताल भित्र गएर यसको पुष्टि गर्न सकेन किनभने यस क्षेत्रमा विगत केही दिनदेखि भारी गोलीबारी भइरहेको छ।

विश्व स्वास्थ्य संगठनले गाजाका ६० प्रतिशतभन्दा बढी अस्पतालमा काम ठप्प भएको बताएको छ। र यसको कारण ईन्धन, आक्रमण, असुरक्षा भनिएको छ।

विश्व स्वास्थ्य सङ्गठनले ३६ अस्पतालमध्ये २२ वटामा काम रोकिएको र बाँकी १४ अस्पतालमा बिरामीको उपचारका लागि आवश्यक पर्ने सामग्री कम हुँदै गएको बताएको छ । विश्व स्वास्थ्य संगठनले तत्काल युद्धविराम गर्न अपिल गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *