पाकिस्तान क्रिकेट टोलीको नयाँ टेस्ट र टी-२० कप्तानको घोषणा
काठमाडौं । बाबर आजमले पाकिस्तानी टोलीको कप्तानी छोडेपछि पाकिस्तान क्रिसेट बोर्डले शान मसूदलाई टेस्ट कप्तान बनाएको छ भने शाहिन शाह अफ्रिदीलाई अन्तर्राष्ट्रिय टी–२० खेलको कप्तान बनाएको छ ।
शाहिन शाह अफ्रिदीले सामाजिक सञ्जाल प्लेटफर्ममा लेखेका छन्,’तपाइँको अनुकरणीय नेतृत्वमा सच्चा टिमवर्क र मित्रवत व्यवहार देख्नु सौभाग्यको कुरा हो । टिमको एकता र सामूहिक सफलताका लागि तपाइँको अग्रणी नेतृत्व त प्रतिबद्धता सराहनीय छ । म तपाइँबाट अजै धेरै ब्याटिङको कीर्तिमान टुटेको हेर्न उत्सुक छु।’
यसअघि बुधबार टोलीको कप्तानी छाड्ने जानकारी दिँदै बाबर आजमले एक्समा लेखेका थिए, ‘आज म पाकिस्तानी क्रिकेटका सबै फर्म्याटबाट कप्तानबाट राजीनामा दिने निर्णय गर्दैछु, यो कठिन निर्णय हो तर मलाई लाग्छ कि यो यसको लागि सही समय हो। म तीनवटै ढाँचामा खेलाडीको रूपमा पाकिस्तानको प्रतिनिधित्व गरिरहनेछु। म नयाँ कप्तान र टोलीलाई मेरो अनुभव र समर्पणले पूर्ण समर्थन गर्नेछु।”
एकदिवसीय विश्वकप २०२३ मा पाकिस्तानी टोलीको प्रदर्शन खासै राम्रो थिएन । लिगका नौमध्ये चार खेलमा हार बेहोरेर पाकिस्तान विश्वकपबाट बाहिरिएको छ ।
Facebook Comment