नाना पाटेकरले बालकलाई थप्पड हानेपछि हंगामा
काठमाडौं । अभिनेता नाना पाटेकरको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनले एक बालकलाई थप्पड हानेको देखिन्छ ।
यो भिडियो वाराणसीमा चलिरहेको फिल्म ‘जर्नी’ को सुटिङका क्रममा खिचिएको बताइएको छ । यो भिडियो भाइरल भएपछि नाना पाटेकरले आफ्नो स्पष्टीकरण दिएका छन् ।
नाना पाटेकरले ‘एक्स’ मा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘धेरै व्यक्तिले सामाजिक सञ्जालमा फैलिएको भिडियोको गलत व्याख्या गरिरहेका छन् । वास्तवमा के भयो त्यो मेरो आगामी फिल्म ‘जर्नी’ को सुटिङको रिहर्सलको क्रममा भएको घटनाको गलत बुझाइको परिणाम हो ।
उनले यो भिडियोमा सुटिङका क्रममा बच्चालाई थप्पड हानेको नाटक गरेको बताएका छन् । तर संयोगवश रिहर्सलको क्रममा अर्को बच्चा त्यहाँ आयो, जसलाई उनले फिल्मको बच्चा ठान्दै थप्पड हाने ।
Facebook Comment