अब दैनिक दुई इन्धनका ट्रक गाजा जाने, अमेरिकाले भन्यो– हामीले दबाब सिर्जना गर्‍यौं

डिसी नेपाल
२ मंसिर २०८० ११:२३

काठमाडौं । इजरायलले गाजामा हरेक दिन दुईवटा इन्धनका ट्रकहरू प्रवेश गर्न दिने बताएको छ।

अमेरिकाको दबाबपछि इजरायलले यो निर्णय गरेको हो । अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरूले गाजामा हरेक दिन १,४०,००० लिटर इन्धन आपूर्ति गर्न अनुमति दिइने बताएका छन्।

यो इन्धन संयुक्त राष्ट्र संघद्वारा सञ्चालित सहायता ट्रक र राहत कार्यमा प्रयोग गरिनेछ। बाँकी इन्धन मोबाइल फोन र इन्टरनेट सेवामा प्रयोग गरिने छ । इन्धन अभावका कारण यी सेवाहरु ठप्प छन् ।

प्यालेस्टिनी शरणार्थीका लागि काम गरिरहेको संयुक्त राष्ट्रसंघीय निकायले त्यहाँ आधारभूत मानवीय सहायता कार्यका लागि दैनिक १,६०,००० लिटर इन्धन आवश्यक पर्ने बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *