अमेरिका र संयुक्त राष्ट्रसंघले भने, ‘गाजाका लागि इजरायलले दिएको छुट पर्याप्त छैन’

डिसी नेपाल
२ मंसिर २०८० १३:३४

काठमाडौं । अमेरिकी राष्ट्रपतिको कार्यालय र संयुक्त राष्ट्र संघले इजरायलले गाजामा इन्धन प्रवाहमा लगाइएको प्रतिबन्धलाई खुकुलो बनाउनु पर्याप्त नभएको बताएका छन् ।

इजरायलले गाजामा दैनिक दुईवटा तेल ट्याङ्कर लैजान अनुमति दिएको छ । ह्वाइट हाउस र संयुक्त राष्ट्र संघले गाजामा मानवीय संकटलाई ध्यानमा राख्दै यो पर्याप्त नभएको बताएका हुन्।

इजरायललाई घेराबन्दी हटाउन संसारभरबाट दबाब छ। इजरायलले महत्वपूर्ण स्थानहरूमा विद्युत आपूर्ति पुनःस्थापना गर्न सहयोग गरिरहेको बताएको छ । उसले पानी पम्प, ढल निकास र सञ्चार प्रणाली काम गर्न चाहेको बताएको छ।

गाजाका दुई प्रमुख दूरसञ्चार कम्पनी पल्टेल र जावलले गाजामा मोबाइल फोन नेटवर्क आंशिक रूपमा पुनःस्थापित भएको बताएका छन् ।

यसैबीच इजरायलले गाजामा बमबारी जारी राखेको छ । आज प्यालेस्टिनी समाचार एजेन्सीले इजरायली आक्रमणमा परी २६ जनाको ज्यान गएको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *