‘टाइगर ३’ को व्यापार ३ सय करोड नाघ्यो
काठमाडौं । यस दीपावलीमा हलमा रिलिज भएको सलमान खानको टाइगर ३ ले विश्वभरका थिएटरमा ३ सय करोडभन्दा बढीको कमाई गरेको छ ।
फिल्मको सफलताको बारेमा कुरा गर्दै सलमान खानले टाइगर फ्रेन्चाइजीको सफलता आफ्नो लागि निकै व्यक्तिगत भएको बताए ।
टाइगर फ्रेन्चाइजी २०१२ मा ‘एक था टाइगर’ बाट सुरु भएको थियो, जसमा सलमान खान अविनाश सिंह राठौर नामक जासूसको भूमिकामा देखिएका थिए। उनीसँगै जोयाको भूमिकामा रहेकी कट्रिना कैफलाई पनि मानिसहरुले मन पराएका थिए ।
यसपछि सन् २०१७ मा ‘टाइगर जिन्दा है’ र अब ‘टाइगर ३’ रिलिज भएका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार सलमान खानले भनेका छन्, ‘वर्षौंदेखि दर्शकले मलाई र मेरो टाइगरको फ्रेन्चाइजीलाई दिएको मायाका लागि म आभारी छु । मैले अहिलेसम्म तीन पटक सुपर डिटेक्टिभ टाइगरको भूमिका निर्वाह गरेको छु । यो प्रशंसा मेरो लागि सफलताको ह्याट्रिक जस्तै हो।’
यो एउटा यस्तो चरित्र हो जसका लागि आफूले निकै मिहिनेत गरेको उनले बताए । उनले यो चरित्रमा आउन धेरै त्याग गरेका छन्, त्यसैले यसको सफलता विशेष छ।
सलमान खानले एक्सन हिरो हुन पाउँदा निकै गर्व लागेको बताएका छन् । उनले दबंग, वान्टेड, बडीगार्ड, किक, राधे र किसी का भाई किसकी जान जस्ता एक्सन फिल्म बनाएका छन् ।
उनले आफूलाई एक्शन हिरोको रुपमा जनताले मन पराएकोमा आफू भाग्यमानी रहेको बताए ।
Facebook Comment