माल्दिभ्सका राष्ट्रपति मुइज्जुले औपचारिक रूपमा भारतीय सैनिकहरूलाई देश छोड्न भने

डिसी नेपाल
३ मंसिर २०८० १३:४०

काठमाडौं । भारतका केन्द्रीय मन्त्री किरेन रिजिजुले शनिबार माल्दिभ्सका नवनियुक्त राष्ट्रपति मोहम्मद मुइज्जुलाई भेटेका छन् ।

किरेन रिजिजुले शुक्रबार मुइज्जुको सपथ ग्रहण समारोहमा भारतको प्रतिनिधित्व गरेका थिए।

शनिबार भएको भेटमा राष्ट्रपति मुइज्जुले माल्दिभ्सबाट आफ्ना सैनिक फिर्ता गर्न भारत सरकारलाई औपचारिक रुपमा भनेका छन् ।

माल्दिभ्सको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा यस्तो भनिएको छ । वक्तव्यमा उनले भारतबाट माल्दिभ्सको लोकतन्त्रको सम्मान गरिने आशा व्यक्त गरेका छन् ।

मन्त्रीसँगको कुराकानीको क्रममा, राष्ट्रपति मुइज्जुले आपतकालीन चिकित्सा निकासीमा प्रयोग भएका दुई हेलिकप्टरको भूमिकालाई स्वीकार गरे।’

यसका साथै दुवै नेताले भारतको सहयोगमा माल्दिभ्समा भइरहेको विभिन्न परियोजनाको पनि समीक्षा गरेका थिए ।

मुइज्जुले आफ्नो चुनावी अभियानमा ‘इन्डिया आउट’ नारा दिएका थिए । उनले माल्दिभ्समा रहेका भारतीय सैनिकलाई देशबाट निष्कासन गर्ने शपथ लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *