चर्चित अभिनेताको ४५ वर्षको उमेरमा निधन, होटलमा पार्किङ गरेको कारमा शव भेटियो

डिसी नेपाल
३ मंसिर २०८० १४:४५

काठमाडौं । मलयालम फिल्मका चर्चित अभिनेता विनोद थोमसको ४५ वर्षको उमेरमा निधन भएको छ । पम्पाडी नजिकैको होटलमा पार्किङ गरिएको कारमा अभिनेता मृत फेला परेका थिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र अभिनेताको मृत्युको कारण पत्ता लगाउन प्रयास गरिरहेको छ।

होटलको पार्किङमा राखिएको कारमा एक व्यक्ति लामो समयदेखि बसेको होटल व्यवस्थापनले जानकारी दिएको प्रहरीले जनाएको छ । प्रहरीले त्यहाँ पुगेर अभिनेतालाई कारबाट बाहिर निकालेर परीक्षणका लागि नजिकैको अस्पताल लगेको थियो । तर त्यतिन्जेल विनोदको मृत्यु भइसकेको थियो ।

प्रहरीले समाचार एजेन्सीलाई दिएको विज्ञप्तिमा भनिएको छ– हामीले अभिनेतालाई कारभित्र भेट्टायौँ र त्यसपछि उनलाई नजिकैको अस्पतालमा लगेका थियौँ । चिकित्सकले परीक्षण गरेर मृत घोषणा गरेका थिए ।

प्रहरीले अभिनेताको शव पोस्टमार्टमका लागि पठाइएको पनि जनाएको छ । तर, अभिनेताको मृत्युको कारण भने खुलाइएको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र अभिनेताको मृत्युको कारण पत्ता लगाउन प्रयास सुरु गरेको छ।

विनोद थोमस मलयालम फिल्मका ठूला अभिनेता थिए। उनले ‘अयप्पनम कोस्युम’, ‘नाथोली ओरु चेरिया मीनाल्ला’, ‘ओरु मुराई वानथ पथया’, ‘ह्याप्पी वेडिंग’ र ‘जुन’ जस्ता फिल्महरूमा उत्कृष्ट काम गरे। उनी आफ्नो दमदार अभिनयका लागि परिचित थिए ।

अभिनेताको निधनको खबरले उनका सबै फ्यानलाई दुःखी बनाएको छ । विनोदका परिवारका सदस्य पनि उनको निधनले गहिरो शोकमा छन् । उनका फ्यान र सेलिब्रेटीले सामाजिक सञ्जालमा श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *