१० दिनपछि उत्तरकाशी सुरुङमा फसेका ४१ जना मजदुरको पहिलो भिडियो सार्वजनिक
काठमाडौं । उत्तराखण्डको उत्तरकाशीको सिल्क्यरा गाउँमा निर्माणाधीन सुरुङमा काम गरिरहेका ४१ जना मजदुर सुरुङमा फसेका छन् ।
दीपावलीको बिहानैदेखि अलपत्र परेका यी मजदुरहरु १० दिनपछि सुरुङमा फसेका मजदुरको पहिलो भिडियो सार्वजनिक भएको छ । कामदारलाई बाहिर निकाल्न राहत र उद्धार कार्य जारी छ ।
VIDEO | First visuals of workers stuck inside the collapsed Silkyara tunnel in #Uttarkashi, Uttarakhand.
Rescuers on Monday pushed a six-inch-wide pipeline through the rubble of the collapsed tunnel allowing supply of larger quantities of food and live visuals of the 41 workers… pic.twitter.com/mAFYO1oZwv
— Press Trust of India (@PTI_News) November 21, 2023
सोमबार मजदुरलाई थप परिमाणमा खाद्यान्न र अत्यावश्यक वस्तु ढुवानी गर्न सुरुङसम्म ६ इन्च मोटाइको पाइप बिछ्याइएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार सोमबार राति मजदुरका लागि खिचडी तयार पारिएको थियो । ६ इन्चको पाइपबाट फसेका मजदुरका लागि सोमबार पहिलो पटक तातो खिचडी पठाइएको थियो ।
Facebook Comment