अधिकांश कर्मचारीले राजीनामाको धम्की दिएपछि ओपनएआइले बर्खास्त गरेका सीइओलाई फर्कायो

डिसी नेपाल
६ मंसिर २०८० १५:४१

काठमाडौं । च्याटजीपीटी सिर्जना गर्ने कम्पनी ओपनएआईका सह-संस्थापकहरू साम अल्टम्यान र ग्रेग ब्रोकम्यान कम्पनीमा फर्किने भएका छन् । साम सीईओ र ग्रेग अध्यक्षको रूपमा फर्केर नयाँ बोर्ड गठन गरिएको छ। ओपनएआईको अघिल्लो बोर्डले शुक्रबार दुवैलाई बर्खास्त गरेको थियो।

ओपनएआईले भन्यो- ‘हामी ब्रेट टेलर (अध्यक्ष), ल्यारी समर्स र एडम डी एन्जेलोको नयाँ बोर्डसँग सीईओको रूपमा फर्कने साम अल्टम्यानको लागि सम्झौतामा पुगेका छौं।’ ग्रेग ब्रोकम्यानले आफू ओपनएआइमा फर्कने र आज राती कोडिङ सुरु गर्ने बताएका छन् ।

साम अल्टम्यानले एक्स पोस्टमा लेखेका थिए- ‘म ओपनएआईलाई माया गर्छु र मैले पछिल्ला केही दिनहरूमा गरेको सबै कुरा टोली र यसको मिशनलाई एकताबद्ध राख्नको लागि थियो। जब मैले आइतबार साँझ माइक्रोसफ्टमा सामेल हुने निर्णय गरे, यो स्पष्ट थियो कि यो मेरो र मेरो टोलीको लागि उत्तम मार्ग हो। नयाँ बोर्ड र सत्याको समर्थनमा म ओपनएआईमा फर्कने र माइक्रोसफ्टसँगको हाम्रो बलियो साझेदारीलाई निर्माण गर्न तत्पर छु।”

यसअघि ओपनएआईका संस्थापक र सीईओ साम अल्टम्यानलाई शुक्रबार अचानक कम्पनीबाट बर्खास्त गरियो। बोर्डले अब अल्टम्यानको क्षमतामा विश्वास नभएको बताएको थियो । बोर्डले चीफ टेक्नोलोजी अफिसर (सीटीओ) मीरा मुरातीले अब अन्तरिम सीईओको भूमिका सम्हाल्ने भनेको थियो । कम्पनीका सह-संस्थापक र अध्यक्ष ग्रेग ब्रोकम्यानलाई पनि राजीनामा दिन भनियो।

सामलाई बर्खास्त गरेपछि धेरै ओपनएआइ कर्मचारी र लगानीकर्ताहरूले उनलाई फिर्ता ल्याउन बोर्डमा दबाब दिए। कर्मचारी र लगानीकर्ताहरूले अल्टम्यानलाई सीईओको रूपमा फर्काउन र ओपनएआइको नयाँ बोर्ड गठन गर्न चाहन्थे। दबाबको कारण अल्टम्यान र ब्रोकम्यानलाई कम्पनीको सान फ्रान्सिस्को मुख्यालयमा बोलाइयो।

नोभेम्बर २१ मा पूर्व ट्विच सीईओ एमेट शियरलाई मीरा मुरत्तीको स्थानमा अन्तरिम सीईओ नियुक्त गरिएको थियो। जबकि सामले आफू माइक्रोसफ्टमा जोडिने बताएका थिए । माइक्रोसफ्टका सीईओ सत्य नडेलाले यो जानकारी दिएका थिए । उनले सामले कम्पनीको नयाँ उन्नत एआई अनुसन्धान टोलीको नेतृत्व गर्ने बताएका थिए। ब्रोकम्यान र केही अन्य कर्मचारीहरू पनि सामेल हुने भनिएको थियो।

अल्टम्यानलाई ओपनएआईबाट हटाइएपछि त्यहाँका कर्मचारीहरूले कम्पनीको सञ्चालक समितिलाई राजीनामा दिन आग्रह गरेका थिए। यसो नगरे सात सय कर्मचारीमध्ये ५०५ कर्मचारीले सामूहिक राजीनामा दिने चेतावनी दिएका थिए । बोर्ड सदस्य इल्या सुत्स्केभर र प्रमुख टेक्नोलोजी अफिसर (सीटीओ) मीरा मुराती पनि राजीनामा दिने धम्की दिनेहरूमा थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *