इजरायली आक्रमणमा १०० प्यालेस्टाइनीको मृत्यु, युद्धबिराम सम्झौता तोडिने खतरा
काठमाडौं । गाजामा चलिरहेको भीषण युद्ध केही दिनका लागि बन्द हुने भएको छ । हमास र इजरायलले आपसी सहमतिमा युद्धविराम घोषणा गरेका छन् जुन चार दिनसम्म जारी रहनेछ। यस अवधिमा हमास र इजरायलले एकअर्काका बन्धकहरूलाई रिहा गर्नेछन्।
तर यसअघि प्यालेस्टाइनले इजरायली सेनामाथि सनसनीपूर्ण आरोप लगाएको छ । प्यालेस्टाइनका विदेशमन्त्री रियाद अल-मालिकीले आइडीएफले मंगलबार रातिदेखि आक्रमण तीव्र पारेको बताएका छन्।
उनका अनुसार अस्पताल र शरणार्थी शिविरलाई निशाना बनाइन्छ। यस अवधिमा भएका आक्रमणमा १०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन् । जसमध्ये ५२ जना एउटै परिवारका थिए ।
“बुधवार बिहान मात्रै उत्तर गाजाको जबलियाको कादौरामा एउटै परिवारका ५२ जनालाई पूर्णरुपमा सखाप पारिएको छ,” प्यालेस्टिनी विदेशमन्त्रीले लन्डनमा अरब विदेशमन्त्रीहरूको ब्रीफिङमा भने “उनीहरूलाई इजरायलले मारेको हो।”
यस्तो अवस्थामा प्रश्न उठ्छ कि हमासले त्यस्ता आक्रमणपछि युद्धविरामलाई निरन्तरता दिन्छ कि दिँदैन ? के प्यालेस्टाइनीहरूसँग जारी झडपले बन्धकहरूको रिहाइको सम्झौतालाई असर गर्न सक्छ ?
यो चिन्ताले अमेरिकालगायत धेरै देशहरूलाई पनि सताएको छ जसका बन्धकहरू हाल हमासको नियन्त्रणमा छन्। हाल अमेरिकाका ९, थाइल्याण्डका २३, अर्जेन्टिनाका १५, जर्मनीका १२, फ्रान्सका ६ र रुसका ६ जना बन्धक रहेका छन् । कुल २४० बन्धक हमासको हिरासतमा छन्।
इजरायलले बन्धकहरूलाई रिहा गर्ने बदलामा चार दिनको युद्धविरामलाई अनुमोदन गरेको छ। पहिलो चरणमा हमासले ५० बन्धकहरूलाई रिहा गर्नेछ, जसमा अधिकांश महिला र बालबालिका रहेका छन्। बदलामा इजरायलले आफ्नो जेलमा रहेका ३ सय प्यालेस्टिनीलाई रिहा गर्न सहमत भएको छ । तर पहिलो किस्तामा उसले १५० प्यालेस्टिनीलाई मात्रै रिहा गर्नेछ ।
Facebook Comment