भारतमा अफगानिस्तानको दूतावास र कूटनीतिक नियोग स्थायी रूपमा बन्द
काठमाडौं । भारतमा रहेको अफगानिस्तानको दूतावास र कूटनीतिक नियोग स्थायी रूपमा बन्द गरिएको छ ।
नयाँ दिल्लीका लागि अफगानिस्तानका राजदूत फरीद मामुन्दजाईले शुक्रबार यो जानकारी दिए। यो निर्णय तत्काल लागू हुनेछ।
उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नयाँ दिल्लीस्थित अफगानिस्तानको दूतावास र कूटनीतिक नियोग तत्काल प्रभावबाट स्थायी रूपमा बन्द गरिएको जानकारी गराउँदा दुःख लागेको छ ।’
“हामीले लगातार भारत सरकारबाट चुनौतीहरू सामना गरिरहेका थियौं। सेप्टेम्बर ३० मा हामीले दूतावासको सञ्चालन बन्द गर्यौं । हामीले दूतावासको बारेमा भारत सरकारको अडान परिवर्तन हुनेछ र इस्लामिक गणतन्त्र अफगानिस्तानको पक्षमा हुनेछ भन्ने आशा राखेका थियौं । तर, त्यसपछि पनि आठ सातासम्म कूटनीतिज्ञको भिसा अवधि थपिएको छैन न त भारत सरकारको अडानमा कुनै परिवर्तन आएको छ । यस्तो अवस्थामा तालिबान र भारत सरकारको बढ्दो दबाबबीच दूतावासले यस्तो कठिन निर्णय लिनु परेको हो ।”
“भारत सन् २००१ देखि अफगानिस्तान गणतन्त्रको रणनीतिक साझेदार रहेको छ। हामी बुझ्छौं कि भूराजनीतिक रूपमा संवेदनशील क्षेत्रमा सन्तुलनको नीति अपनाउनु महत्त्वपूर्ण छ र यस सम्बन्धमा भारतको आफ्नै सीमा र चासो छ। त्यसैले अहिलेको लागि दूतावास बन्द गर्ने र यसको जिम्मा भारतलाई दिनु नै अफगानिस्तानको हितमा सबैभन्दा उपयुक्त निर्णय हो भन्ने हाम्रो विश्वास छ।”
सन् २०२१ मा तालिबान सत्तामा आयो, त्यसपछि अफगानिस्तानको नाम इस्लामिक रिपब्लिक अफ अफगानिस्तानबाट बदलेर इस्लामिक इमिरेट्स अफ अफगानिस्तान भयो।
भारतमा रहेको दूतावास अफगानिस्तानको इस्लामिक रिपब्लिक अफगानिस्तानको अशरफ घानी सरकारको अधीनमा छ। तर अहिले अफगानिस्तानको अवस्था बदलिएको छ, त्यसैले यो दूतावास बन्द गरिएको छ ।
Facebook Comment