उत्तर कोरिया अब विश्वभर जहाँसुकै प्रहार गर्न सक्ने सैन्य क्षमताले सुसज्जित छ : किम जोङ उन
काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले हालै प्रक्षेपण गरिएको जासुसी उपग्रहका कारण आफ्नो देश अन्तरिक्ष विज्ञानको नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।
देशका अन्तरिक्ष वैज्ञानिक र प्राविधिकको कामको प्रशंसा गर्दै किम जोङ उनले उत्तर कोरियाको अन्तरिक्ष मिसन पूर्णतया आत्मरक्षामा रहेको बताए ।
बिहीबार उत्तर कोरियाको जासुसी उपग्रहलाई अन्तरिक्ष कक्षमा राखिएको थियो । सो अवसरमा उनले उत्तर कोरियासँग अहिले विश्वमा जुनसुकै ठाउँमा आक्रमण गर्ने सैन्य क्षमता रहेको बताए ।
उत्तर कोरियाको यो जासुसी उपग्रह तेस्रो प्रयासमा सफल भएको छ । सेप्टेम्बरमा नै किम जोङ उनले रुसको भ्रमण गरेका थिए जहाँ उनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका थिए ।
उक्त भेटमा पुटिनले किमलाई स्याटेलाइट निर्माणमा सहयोग गर्ने वाचा गरेका थिए ।
Facebook Comment