युद्धविरामपछि प्यालेस्टिनीहरू गाजामा आफ्नो घर फर्किंदै

डिसी नेपाल
९ मंसिर २०८० १०:४१

काठमाडौं । इजरायल र हमासबीच चार दिने अस्थायी युद्धविराम शुक्रबार बिहानदेखि लागू भएको छ ।

यस युद्धमा उत्तरी गाजाका हजारौं मानिसहरू आफ्नो घरबार छोडेर दक्षिणतर्फ सर्नुपरेको थियो।

शुक्रबार चार दिने युद्धविराम सुरु हुँदा खान युनिसबाट धेरै विस्थापित प्यालेस्टाइनीहरू आ-आफ्नो घरतिर लागेका थिए।

इजिप्टको सिमानामा रहेको रफाह क्रसिङमा गाजालाई सहयोग गर्न पठाइएका राहत सामग्रीले भरिएका गाडीहरू गाजा प्रवेश गर्न थालेका छन् ।

यद्यपि इजरायली सेनाले उत्तरी गाजातर्फ नजान मानिसहरूलाई सल्लाह दिने पर्चाहरू खसालेको छ। उसका अनुसार ‘यो रोक अस्थायी हो र गाजाको उत्तरी क्षेत्र युद्ध क्षेत्र हो।’

धेरै इजरायली ट्याङ्क र बख्तरबंद गाडीहरू उत्तरी गाजाबाट बाहिर निस्किएको देखियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *