हमासले बन्धक बनाएका १२ जना थाइल्याण्डका नागरिक रिहा

डिसी नेपाल
९ मंसिर २०८० १०:४१

काठमाडौं । थाइल्याण्डका प्रधानमन्त्रीले हमासले थाइल्याण्डका १२ नागरिकलाई रिहा गरेको जनाएका छन् । उनीहरुलाई गाजामा बन्धक राखिएको थियो ।

तर यी १२ जना युद्धविरामको शर्तको हिस्सा होइनन्। हमासले युद्धविरामको शर्त अनुसार १३ इजरायली नागरिकलाई रिहा गर्ने भएको छ ।

थाई दूतावासका अधिकारीहरूले उनीहरूले “बन्धकहरूलाई फिर्ता ल्याउन जाने” बताएका छन्। यद्यपी उनीहरूले बन्धकहरुलाई कहाँ राखिएको छ भन्ने बताएका छैनन् ।

यस्तो अवस्थामा युद्धविरामको शर्त अनुसार हमासले अक्टोबर ७ मा बन्धक बनाएका १३ इजरायली महिला र बालबालिकालाई रिहा गर्ने अपेक्षा गरिएको छ ।

उनीहरुका परिवार विगत सात हप्तादेखि उनीहरुको रिहाईको पर्खाइमा छन् ।

अर्कोतर्फ वेस्ट बैंकको इजरायली जेलबाट ३९ प्यालेस्टाइनी बन्दी रिहा भइरहेका छन् । यी कैदीहरूमा २४ महिला र १५ किशोर किशोरी रहेका छन् ।

इजरायल र गाजा बीचको चार दिने अस्थायी युद्धविराम अन्तर्गत दुबै पक्षका कैदीहरूलाई रिहा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *