इजरायल, हमास र रेड क्रसले २३ जना बन्धकहरुलाई रिहा गरिएको पुष्टि गरे
काठमाडौं । इजरायली सेना र हमास दुवैले १३ इजरायली बन्धकहरूलाई रिहा गरेको पुष्टि गरेका छन्।
समाचार एजेन्सी एएफपीसँगको कुराकानीमा इजरायली सुरक्षा बलको एक स्रोतले यो खबरको पुष्टि गरेको छ।
रेडक्रसले पनि २४ जना बन्धकहरुलाई रिहा गरेको पुष्टि गरेको छ ।
एएफपीले हमासका नजिकका दुई स्रोतलाई उद्धृत गर्दै दक्षिणी इजरायलमा अक्टोबर ७ मा भएको घातक हमलामा बन्धक बनाएका केहीलाई इजरायल फर्कन रेडक्रसलाई सुम्पिएको बताएको छ।
“हामीले २४ जना बन्धकहरूलाई सुरक्षित रिह गरिएको पुष्टि गर्न पाउँदा राहत पाएका छौं,” रेड क्रसले सामाजिक सञ्जाल साइट एक्समा लेख्यो।
रेडक्रसले विभिन्न पक्षबीच तटस्थ मध्यस्थकर्ताको भूमिकालाई मान्यता दिँदै कैदीहरूलाई गाजाबाट रफाह सीमामा पुर्याएर रिहा गरेको जनाएको छ।
हालसम्म हमासले १३ इजरायली बन्धकलाई रिहा गरेको समाचार प्राप्त भएको छ । थाइल्याण्डका प्रधानमन्त्रीले १२ थाई नागरिकलाई रिहा गरेको खबर दिएका थिए ।
१३ इजरायली नागरिक, १० थाई नागरिक र एक फिलिपिनो नागरिक रहेको बताइएको छ । इजरायल र गाजाबीच चार दिने अस्थायी युद्धविराम अन्तर्गत कैदीहरूलाई रिहा गरिएको हो।
Facebook Comment