अमेरिकी बन्धकहरूलाई पनि रिहा गर्न हमाससँग बाइडेनको माग

डिसी नेपाल
९ मंसिर २०८० १३:१७

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले १३ इजरायलीसहित २४ जना बन्धकहरूलाई रिहा गरेको विषयमा प्रतिक्रिया दिँदै अमेरिकी बन्धकहरूलाई पनि छिट्टै रिहा गर्ने आशा रहेको बताएका छन्।

उनले इजरायल र हमासबीच स्थायी युद्धविराम हुने सम्भावना रहेको बताए ।

उनले हमास र इजरायलबीचको द्वन्द्वमा चार दिनको विरामका लागि अमेरिकी कूटनीतिक प्रयासको पनि प्रशंसा गर्दै आगामी दिनमा थप बन्धकहरूलाई रिहा गर्ने र सम्झौताको अवधि थपिने आशा व्यक्त गरे।

अमेरिकी राष्ट्रपतिलाई हमास र इजरायलबीचको द्वन्द्वमा तत्काल लागू गरिएको चार दिनको विराम पछि पूर्ण युद्धविराममा परिणत हुन सक्छ कि भनी सोधिएको थियो, उनले यसको प्रबल सम्भावना रहेको बताए ।

यद्यपि, उनले हमास र इजरायलबीचको युद्ध कति लामो समयसम्म चल्ने अनुमान गर्न अस्वीकार गरे।

उनले हमासलाई हटाउने इजरायलको उद्देश्यमाथि प्रश्न उठाउन नसकिने तर यो कठिन मिसन भएको बताए।

शुक्रबार हमासले १३ इजरायलीसहित २४ जना बन्धकहरूलाई रिहा गरेको थियो। यसपछि इजरायलले ३९ प्यालेस्टिनी बन्दीलाई रिहा गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *