इजरायल विरोधी पोस्टका कारण शोबाट हटाइएकी हलिउड अभिनेत्रीले भनिन्– म चुप लाग्दिन
काठमाडौं । अमेरिकी टिभी सिरिज ‘स्क्रिम’ मा अभिनय गरेकी अभिनेत्री मेलिसा ब्रेरालाई इजरायल विरोधी बयान गरेको भन्दै सिरिजको सातौं संस्करणबाट बर्खास्त गरिएको छ ।
यसपछि मेक्सिकोकी यी अभिनेत्रीले आफ्नो मौनता तोड्दै भनिन्, ‘चुप बस्नु कुनै विकल्प होइन ।’
ब्रेराले आफ्नो सामाजिक सञ्जाल खातामा इजरायल र हमास बीचको हालैको तनावको बारेमा पोस्ट गरिन्, जसमा उनले गाजामा “नरसंहार” रोकिनुपर्छ र इजरायलले गाजालाई हिरासत केन्द्रको रूपमा प्रयोग गर्न बन्द गर्नुपर्छ भनेर आफ्नो भावना र विचार व्यक्त गरिन्।
उनको भनाइलाई शृंखला बनाउने स्टुडियोले ‘यहूदी विरोधी’ भन्यो। यस विषयमा आफ्नो मौनता तोड्दै ब्रेराले सामाजिक सञ्जाल पोस्टमा लेखेकी छिन्, “सबैभन्दा पहिले म सेमिटिज्म र इस्लामोफोबियाको निन्दा गर्छु। म कुनै पनि समूहको विरुद्धमा हुने कुनै पनि प्रकारको घृणा र पूर्वाग्रहको निन्दा गर्छु।”
Facebook Comment