युक्रेनको राजधानी किभमा रुसको अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण
काठमाडौं । रुसले किभमा अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको छ । किभका मेयरले यसबारे जानकारी दिँदै यसलाई गत वर्ष सुरु भएको यो युद्धमा सबैभन्दा ठूलो आक्रमण भएको बताए ।
शनिबार बिहान किभका बासिन्दाहरू आक्रमणको आवाजमा सूर्योदय अघि ब्युँझिए । हवाई आक्रमणको आवाज अर्को छ घण्टासम्म सहरभरि गुन्जिरहेको थियो। उत्तर र पूर्वबाट निरन्तर आक्रमणहरू भइरहेका थिए।
अधिकारीहरूले भनेअनुसार सहरमा इरानमा निर्मित ७५ शाहेद ड्रोनले आक्रमण गरेका थिए जसमध्ये ७४ लाई खसालिएको थियो।
रुसी क्षेप्यास्त्रको भण्डार घटेको खबर आएपछि उनीहरू तर्फबाट शाहेद ड्रोनको प्रयोग बढेको छ । तिनीहरू मिसाइलहरू भन्दा ढिलो आक्रमण गर्छन् र तिनीहरूको फायरपावर पनि फरक छ।
युक्रेनले अधिकांश क्षेप्यास्त्रहरू खसालेको दाबी गरेको छ, जबकि ड्रोनको भग्नावशेषले पनि ठूलो क्षति पुर्याउन सक्छ। यद्यपी यस आक्रमणबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन ।
किभका मेयरका अनुसार, “आक्रमणमा कम्तीमा पाँच जना घाइते भएका छन्। जसमा ११ वर्षीय बालक पनि छन्।”
यस हमलाबाट क्षतिग्रस्त भवनमा एउटा बालबालिकाको विद्यालय पनि परेको उनले बताए ।
पछिल्ला केही सातादेखि, यस युद्धको सुस्ततामा रुसले क्षेप्यास्त्र भण्डारण गरिरहेको अनुमान गरिएको थियो।
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले यो हमलालाई ‘जानीजानी आतंकवादी कार्य’ भनेका छन् ।
उनले “उनको देश रुसी आतंकवाद विरुद्ध विश्वभरका देशहरूलाई एकजुट गर्नमा संलग्न रहने” पनि बताए ।
Facebook Comment