पाकिस्तानी सेनाका दुई सेवानिवृत्त अधिकारीलाई कोर्ट मार्शल, १४ वर्षको जेल सजाय

डिसी नेपाल
१० मंसिर २०८० १६:१२

काठमाडौं । पाकिस्तानी सेनाले आफ्ना दुई सेवानिवृत्त अधिकारीहरूलाई कोर्ट मार्शल गरेको छ। उनीहरूमाथि अधिकारीहरूलाई देशद्रोह गर्न उक्साएको आरोप छ।

यो कारबाहीले मे ९ मा सैन्य प्रतिष्ठानमा भएको आक्रमण र हिंसाका अभियुक्तहरूको विवादास्पद सैन्य अदालतमा सुनुवाइ सुरु भएको सङ्केत हो।

अदालतले मेजर (सेवानिवृत्त) आदिल फारुक रजा र क्याप्टेन (रिटायर्ड) हैदर रजा मेहदीको अनुपस्थितिमा सजाय सुनाएको छ। दुवैजना विदेशमा छन् । त्यसैले उनीहरूले यो सजाय भोग्नुपर्ने सम्भावना नगण्य छ।

मेजर (रिटायर्ड) आदिल फारुक राजा र क्याप्टेन (रिटायर्ड) हैदर रजा मेहदीलाई पाकिस्तानी सेना अधिनियम, १९५२ अन्तर्गत सेनाका कर्मचारीहरूलाई देशद्रोह उक्साएको आरोपमा कोर्ट मार्शल गरिएको हो ।

‘उनीहरूले जासुसी सम्बन्धी आधिकारिक गोप्य ऐन, १९२३ को प्रावधानहरू पनि उल्लङ्घन गरेका छन् र राज्यको सुरक्षा र हितमा प्रतिकूल कार्य गरेका छन्’, सेनाको विज्ञप्तिमा भनिएको छ।

मेजर राजालाई १४ वर्ष, क्याप्टेन मेहदीलाई १२ वर्ष कैद सजाय सुनाइएको छ । उनीहरु दुवै विदेशमा बस्ने र अनुपस्थितिमा सजाय पाएका हुन् । वरिष्ठ पत्रकार मजहर अब्बासले जियो न्यूजलाई भनेअनुसार राजा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थक हुन्, जबकि मेहदीले युट्युबमा एउटा भ्लग होस्ट गर्छन्।

मे ९ मा पञ्जाब रेंजर्सले पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टी अध्यक्षको गिरफ्तारी पछि पूर्व प्रधानमन्त्री इमरान खानका सयौं समर्थकहरूले सैन्य र सरकारी प्रतिष्ठानहरूमा आक्रमण गरे र एक जनरलको घरमा आगजनीसमेत गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *